
काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहिनहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग दिनका लागि जोड इनिस्येटिभसँग मङ्सिर २१ गते बुधबार एक कार्यक्रममा सम्झौता गरेको छ।
यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ। साथै बैंकले दृष्टिविहिनहरुलाई लक्षित गरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने जनाएको छ।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार