
काठमाडौं ।
गत डिसेम्बर १ मा शाओमी १३ सिरिजका स्मार्टफोनहरु आधिकारीक रुपमा सार्वजनिक गर्ने भनिएको थियो। चीनका पूर्व राष्ट्रपति जियांग जेमिनको निधनसँगै उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको थियो। त्यसपछि शाओमीका प्रिमियम स्मार्टफोनहरुको सार्वजनिक कार्यक्रम डिसेम्बर ११ मा तय गरिएको छ। उक्त प्रोडक्ट लन्च इभेन्ट चीनको स्थानीय समय अनुसार बेलुकीको ७ बजे आयोजना हुनेछ।
उक्त कार्यक्रममा शाओमी १३ सिरिजका स्मार्टफोनहरुका साथै शाओमीका एमआईयू १४, शाओमी वाच एस २, शाओमी बड्स ४ र शाओमी मिनी होस्ट लगायतका प्रोडक्टहरु लन्च गरिनेछ। त्यसैगरी शाओमी १३ सिरिजको लन्च इभेन्टलाई कम्पनीको आधिकारीक विवो ह्याण्डल मार्फत लाईभ स्ट्रिममा हेर्न सकिन्छ।
शाओमी १३ सिरिजका स्मार्टफोनहरुको बारेमा लगभग सबै फिचरहरु बाहिरी सकेका छन्। शाओमी १३ सिरिजका स्मार्टफोनहरु आईफोन जस्तै बक्स डिजाईनमा आउनेछन्। शाओमी १३ स्ट्यान्डर्ड मोडलमा ६.३६ इन्चको एमोलेड डिस्प्ले रहेको छ भने प्रो मोडलमा ६.७३ इन्चको एमोलेड क्यूएचडी डिस्प्ले सहित कर्भड एज छ। दुबै स्मार्टफोनले १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्छ।
शाओमी १३ सिरिजका स्मार्टफोनहरुमा स्न्यापड्रागन ८ जेन २ एसओसीको साथमा एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.० स्टोरेज समावेस गरिएको छ। शाओमी १३ को ४,५०० एमएएचको ब्याट्रीले ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। शाओमी १३ प्रोको ४,८२० एमएएचको ब्याट्रीले १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। शाओमी १३ प्रो स्मार्टफोनले ५० वाटको वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ।
शाओमी १३ सिरिजका स्मार्टफोनहरुको मूल्यको सार्वजनिक कार्यक्रममार्फत जानकारी गराइने गिज्मोचाईनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार