दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर र स्पीड जाँच्ने

  • Technology Khabar | २५ मंसिर २०७९, आईतवार
दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर र स्पीड जाँच्ने

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुको इन्टरनेट सेवाको गुणस्तर र स्पीड जाँच गर्ने भएको छ।

प्राधिकरणले सातै प्रदेशका प्रमुख शहरहरुमा आईएसपीहरुको सेवाको गुणस्तर र स्पीड जाँच गर्नका लागि परामर्शदाताहरुसँग आसय पत्र माग गरेको हो।

इन्टरनेटको बढ्दो प्रयोगसँगै सेवा प्रदायकहरुले कस्तो सेवा प्रदान गरिरहेका छन् भन्ने अध्ययन गर्नका लागि प्राधिकरणले परामर्शदाता खोजेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले गत बुधबार मंसिर २० गते सात प्रदेशको ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र स्पीड जाँच गर्न आशय पत्र माग गरेको हो।

ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र स्पीड जाँच गर्न इच्छुक राष्ट्रिय परामर्शताले पुस ६ गते भित्र आवेदन पेश गर्नु पर्नेछ।

यसका लागि प्राधिकरणले तीन ओटा प्याकेजमा आशय पत्र माग गरेको छ। प्याकेज १ मा मधेस प्रदेश, प्याकेज २ मा बागमती र गण्डकी प्रदेश र प्याकेज ३ मा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश रहेका छन्।

परामर्शदाताले संयुक्त उपक्रम (जेभी) वा एकल रुपमा आवेदन दिन सक्नेछन्। यो आवेदन सबै योग्य परामर्श फर्म/व्यक्ति/कम्पनी/संस्था सबैका लागि खुल्ला छ।

प्राधिकरणले आवश्यक सबै प्रक्रिया सम्मन्न गरेर १७ गते सम्झौता शुरु गर्ने लक्ष्य राखेको छ।

परामर्शदाताले नेपालका विभिन्न स्थानबाट सेवा प्रदान गरिरहेका इन्टरनेट सेवा प्रदायको गुणस्तर तथा सेवाको मूल्यांकन, मापन र विश्लेषण गर्न पर्नेछ।

परामर्शदाताले उपभोक्ता सर्वेक्षण गर्ने र गुणस्तरका सम्बन्धमा ग्राहकको धारणा पनि विश्लेषण गर्नु पर्नेछ।

प्रकाशित: २५ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार