
काठमाडौं ।
साउदी अरेबियाले बिहीबार चीनको ह्वावे टेक्नोलोजीसँग क्लाउड कम्प्युटिङ र साउदी सहरहरूमा उच्च-प्रविधियुक्त कम्प्लेक्सहरू निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
चिनियाँ राष्ट्रपतिको साउदी अरेबिया भ्रमणको क्रममा एमओयूमा हस्ताक्षर भएको थियो जुन बेइजिङले अरब संसारमा आफ्नो सबैभन्दा ठूलो कूटनीतिक पहल भएको बताएको छ।
साउदी अधिकारीहरुका अनुसार ह्वावेसँग भएको सम्झौता क्लाउड कम्प्युटिङ, डाटा सेन्टर र साउदी सहरहरुमा हाई-टेक कम्प्लेक्स निर्माणसँग सम्बन्धित छ।
अमेरिकी सुरक्षा अधिकारीहरूले ह्वावे जस्ता चिनियाँ ब्रान्डका उपकरणहरू पाँचौं पुस्ताको (फाइभजी) वायरलेस नेटवर्कमा हस्तक्षेप गर्न र संवेदनशील जानकारी सङ्कलन गर्न प्रयोग हुन सक्ने चेतावनी दिएका छन्।
यद्यपि ह्वावेले अमेरिकी चिन्ताको बाबजुद धेरै खाडी राज्यहरूमा ५जी नेटवर्क निर्माणमा भाग लिएको छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार