नासाको हेलिकप्टरले मंगल ग्रहमा अधिक उचाइमा उडेसँगै बन्यो कीर्तिमान

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार
नासाको हेलिकप्टरले मंगल ग्रहमा अधिक उचाइमा उडेसँगै बन्यो कीर्तिमान

काठमाडौं ।

नासाको इन्जेनुइटी हेलिकप्टर मंगल ग्रहमा जीवनको संकेत खोजिरहेको छ। यो हेलिकप्टरले मंगल ग्रहको वायुमण्डलमा ३४ उडान पूरा गरेर कीर्तिमान बनाएको छ।

भर्खरै डिसेम्बर ३ मा मंगल ग्रहको सतहबाट १४ मिटर उचाइमा उडेर अर्को नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि इन्जेनुइटी १२ मिटर उचाइसम्म उडेको थियो। जब यो सानो ड्रोन जस्तै हेलिकप्टर मंगल ग्रहमा पठाइँदै थियो, त्यस समयमा इन्जिनियरहरूले कुल ५ उडानको योजना बनाएका थिए, तर इन्जिन्युटीले त्यो संख्यालाई नाघ्यो।

इन्जेनुइटी एउटा सानो, सौर्य शक्तिबाट चल्ने स्वचालित रोटरक्राफ्ट हो। यो १८ फेब्रुअरी २०२१ मा पर्सिभेरन्स रोभरको साथ मंगल ग्रहमा अवतरण भएको थियो। यस वर्षको अप्रिल १९ मा मंगल ग्रहको सतहमा उडेर इतिहास रच्यो । सुरुमा इन्जेन्युइटी हेलिकप्टरले मंगल ग्रहमा करिब ५ उडान गर्ने विश्वास गरिएको थियो तर यो संख्याभन्दा धेरै टाढा गएर इन्जेन्युइटीले मंगल ग्रहमा ३५ वटा सफल उडान गरिसकेको छ।

चाखलाग्दो कुरा के छ भने, इन्जेनुइटीमा एक महत्वपूर्ण सफ्टवेयर अपडेट डिसेम्बर ३ उडान अघि गरिएको थियो। नासाले रिपोर्ट गरेअनुसार सफ्टवेयर अपडेटले इन्जेनुइटीलाई दुई नयाँ क्षमताहरू दिएको छ। उसले अवतरणको समयमा खतराहरूबाट आफूलाई बचाउन प्रयास गर्न सक्छ र साथै नेभिगेट गर्न डिजिटल उचाइ नक्सा प्रयोग गर्ने क्षमता छ।

यसअघि, नासाका टोलीहरूले उडानपछि अवतरण गर्दा इन्जेनुइटी हेलिकप्टर सुरक्षित स्थानमा अवतरण गरेको सुनिश्चित गर्नुपरेको थियो। यसको लागि भूईँमा कुनै ढुङ्गा आदि हुनु हुँदैन। तर जेजेरो क्रेटर क्षेत्रमा सुरक्षित ठाउँ भेट्टाउन धेरै गाह्रो थियो, किनभने यो ठाउँ चट्टानी छ। नयाँ अपडेट पछि, अब हेलिकप्टर यो कार्य गर्न आफैं सक्षम छ,र यसले अवतरणको लागी एक सही स्थान आफैंले पत्ता लगाउन सक्छ।

नासाले गत वर्ष फेब्रुअरीमा इन्जेनुइटी हेलिकप्टर मंगल ग्रहमा लगेको थियो। यसले मंगल ग्रहमा राखिएको पर्सभेरन्स रोभरको स्काउटको रूपमा काम गरिरहेको छ। पर्सिभेरन्स रोभरले त्यहाँ जीवनको प्रमाण खोज्दै विश्वलाई धेरै विशेष तस्विरहरू देखाएको छ।

यसले ३६ औं उडान डिसेम्बर १० मा गर्ने योजना रहेको छ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...