ओप्पो रेनो ८ टी आउँदै

  • Technology Khabar | १६ मंसिर २०७९, शुक्रबार
ओप्पो रेनो ८ टी आउँदै

काठमाडौं ।

गत हप्ता स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पा रेनो ९ सिरिज सार्वजनिक गरेको थियो। मार्केटमा रेनो ९ सिरिज लन्च भए पनि कम्पनीको नयाँ स्मार्टफोन ओप्पो रेनो ८ सिरिज ईन्टरनेटमा देखा परेको छ। अब आउने  उक्त नयाँ स्मार्टफोन ओप्पो रेनो ८ सिरिज अन्तर्गतको ओप्पा रेनो ८ टी रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

मोडल नम्बर सीपीएच २४८१ रहेको ओप्पो रेनो ८ टी स्मार्टफोन टीकेडीएन, ईईसी, बीआईएस, एसआईआरआईएम र ईलिमेन्ट म्याटेरिएलस् टेक्नोलोजी जस्ता विभिन्न सर्टिफिकेसन एजेन्सीहरुको वेबसाईटमा देखा परेको उल्लेख गरिएको छ। तर ती एजेन्सीहरुको वेबसाईटमा नयाँ स्मार्टफोनको नाम र चार्जिङ स्पिड बाहेक अरु विबरणहरु खुलाइएको छैन।

फोनले ३३ वाट फास्ट वायर चार्जिङ सपोर्ट गर्नुका साथै ईलिमेन्ट म्याटेरिएलस् टेक्नोलोजी दिइएको छ।

रेनो ८ टी स्मार्टफोन बीआईएसले भारतीय बजारको लागि भनेर सर्टिफाई गरेको उल्लेख गरिएको छ। धेरै समय पछि भारतीय बजारमा ओप्पोले यस्तो प्रकारको स्मार्टफोन लन्च गर्न लागेको बताइएको छ।

३३ वाट चार्जिङ स्पिड रहेको रेनो ८ टी स्मार्टफोनको मूल्य ८० वाट चार्जिङ सपोट गर्ने स्ट्न्डर्ड रेनो ८ भन्दा कम पर्न आउने अपेक्षा गरिएको छ।

आजभोलि कुनै पनि प्रोडक्टहरु सार्वजनिक हुनु भन्दा अघि नै तिनीहरुको बारेमा जानकारी लिक हुने गर्दछन। त्यसरी नै ओप्पो रेनो ८ टी को बारेमा पनि थप जानकारीहरु लिक नहोला भनेर भन्न नमिल्ने बताइएको छ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...