
काठमाडौं ।
ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले सन् २०२४ मा अमेरिकाको एरिजनोनमा १२ मिलियन अमेरिकी डलरको नयाँ प्लान्ट सञ्चालनमा ल्याउँदा उन्नत ४ नानोमिटर चिप प्रदान गर्नेछ।
टीएसएमसीलाई उन्नत ४ नानोमिटर चिप उत्पादन गर्नका लागि एप्पल लगायत अमेरिकी कम्पनीहरुले प्रोत्साहित गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र वाणिज्य सचवि जीना रेमन्डोले अर्को मंगलबार एक समारोहको लागि फिनिक्स भ्रमणको दौरान टीएसएमसीले नयाँ योजना घोषणा गर्ने अपेक्षा गरिएको छ।
रिपोर्टका अनुसार टीएसएमसीले एरिजोना प्लान्टबाट प्रति महिना २० हजार चिप उत्पादन गर्ने बताएको थियो। मागको आधारमा उत्पादन क्षमता बढ्ने पनि बताइएको छ। एप्पलले टीएसएमसीको कुल उत्पादनको एक तिहाई प्रयोग गर्नेछ।
रिपोर्टका अनुसार एप्पल बाहेक एडभान्स माइक्रो डिभाइस इंक र एनभिडिया कर्पले टीएसएमसीलाई एरिजनोना प्लान्टमा थप परिष्कृत चिपहरु बनाउन आग्रह गरेका छन्।
टीएसएमसीका ग्राहकहरुले कम्पनीलाई आफ्नो नवीनतम प्रविधिहरु अमेरिकी र ताइवानमा एकै साथ रोल आउट गर्न आग्रह गरेका छन्।
गत हप्ता टीएसएमसीका संस्थापक मोरिस चाङले कम्पनीले एरिजोजनामा उन्नत ३ नानोमिटर टेक्नोलोजीका साथ चिपहरु उत्पादन गर्ने योजना बनाएको बताएका थिए। तर यो योजना अझै कार्यान्यनको चरणमा पनि पुगिनसकेको उनले थपे।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार