प्रिमियर इन्टरनेसनलले बालबालिकाको डिजाइन एक्स्पो गर्दै

  • Technology Khabar | १५ मंसिर २०७९, बिहीबार
प्रिमियर इन्टरनेसनलले बालबालिकाको डिजाइन एक्स्पो गर्दै

काठमाडौं ।

ललितपुरको सातदोबाटोमा रहेको नेपालको एकमात्र आई बी कन्टिनम स्कुल, प्रिमियर इन्टरनेसनल आई बि कन्टिनम स्कुलले उक्त स्कुलका डिजाइन शिक्षक मयङराज सिंहको नेतृत्त्वमा डिजाइन तथा कम्प्युटर विभाग विद्यार्थीहरूले स्टिम सप्ताह आयोजना गर्दैछन्।

आयोजककाअनुसार कार्यक्रम मङ्सिर २१ बाट सञ्चालन हुँदैछ। यो कार्यक्रम डिजाइन विज्ञान गणित कला र प्रविधिमा रूचि राख्नेहरूका लागि अवसर भएको बताईएको छ। कार्यक्रममा आउनेहरूले कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले गरेका रचनात्मक क्रियाकलापको अवलोकन गर्न पाउनेछन्।

कार्यक्रममा उन्नत प्रविधि युक्त ड्रोन र भर्चुअल रियालिटीको पनि प्रयोग गर्ने बताईएको छ।

स्टिमसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम हुने हुँदा व्यक्तिगत रूपमा सिक्ने अवसर र कुनै कुराको खोज गर्ने मान्यता विद्यार्थीहरूमा स्थापित हुनेछ । प्रविधि र आविष्कारको क्षेत्रमा विद्यार्थीहरूले यो हप्तामा काम गर्नेछन् ।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार