अबको १५ वर्षमा ह्युमनोइड रोबोटको राजश्व १५४ बिलियन अमेरिकी डलर पुग्ने

  • Technology Khabar | ११ मंसिर २०७९, आईतवार
अबको १५ वर्षमा ह्युमनोइड रोबोटको राजश्व १५४ बिलियन अमेरिकी डलर पुग्ने
सांकेतिक तस्विर

काठमाडौं ।

अबको १५ वर्ष भित्रमा ह्युमनोइड रोबोटले १५४ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्ने प्रक्षेपण गरिएको छ।

गोल्डम्यान स्याक्सको एक नयाँ रिपोर्टले खुलासा गरे अनुसार आगामी १५ वर्ष भित्रमा ह्युमनोइड रोबोटको व्यवसाय प्रति वर्ष १५४ बिलियन अमेरिकी डलरको हुन सक्ने भनि इलेट्रेकको बिहिबार प्रकाशित भएको रिपोर्टमा उल्लेख छ।

छोटो समयमा रोबोट उद्योगले हासिल गरेको उपब्धीलाई ईभी बजारको उपलब्धीसँग जोडिएर हेरिएको छ। टेस्लाका सीईओ इलन मस्कले रोबोट उद्योग भविष्यमा टेस्लाको अटोमोवाइल व्यवसाय भन्दा बढी फलदाय हुन सक्ने बताएका छन्।

टेस्लाको ‘अप्टिमस’ नामको प्रोटोटाइप ह्युमनोइड रोबोट लन्च गरे लगत्तै यसको आर्थिक अवसरबारे वृहत बहस छेडिएको छ।

मानिसलाई प्रतिस्थापना गरी जोखिमयुक्त र मोनोटोनस कार्य गर्नका लागि अप्टिमसको डिजाइन गरिएको हो। मस्कले अप्टिमसको सेन्सर्स र चिपसेट टेस्लाको सेल्फ ड्राईभिङ अटोमोवाइल्सकै जस्तै रहेको बताएका छन्। ५.८ इन्च अग्लो अप्टिमसको तौल भने १२५ पाउन्ड छ। ५ माइल्स प्रति घण्टा गतिमा हिड्न अप्टिमसले १५० पाउन्ड भार उचाल्न सक्छ भने ४५ पाउन्ड बोकेर हिड्न सक्छ।

मार्केट्स एण्ड मार्केट्सको एक भर्खरैको रिर्पोट अनुसार २०२२ मा ह्युमनोइड रोबोटको बजार १.५ बिलियन अमेरिकी डलरको रहेको र सन् २०२७ मा १७.३ बिलियन अमेरिकी डलर सम्म पुग्ने प्रक्षेपण गरिएको छ।

यो अनुमान गोल्डम्यान स्याक्सले गरेको उच्च राजस्व संकलन भन्दा कम भएतापनि यो वृद्धिलाई संकेतको रुपमा हेरिएको छ।

प्रकाशित: ११ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ११ मंसिर २०७९, आईतवार