बीवाईडीले आफ्ना सबै इलेक्ट्रिक भेहिकलको मूल्य बढाउने

  • Technology Khabar | ११ मंसिर २०७९, आईतवार
बीवाईडीले आफ्ना सबै इलेक्ट्रिक भेहिकलको मूल्य बढाउने

काठमाडौं ।

नयाँ ऊर्जा सवारी साधनहरू (एनईभीज) को लागि चीनको खरिद सब्सिडीको आसन्न म्याद सकिँदै र कच्चा पदार्थको मूल्य बढ्दै गएपछि बीवाईडीले अर्को वर्ष गाडीको मूल्य बढाउने भएको छ।

“बीवाईडीले डाइनास्टि र ओशन शृङ्खलाका मोडेलहरूका साथै डेन्जा ब्रान्डका मोडेलहरूका लागि आधिकारिक गाइड मूल्यहरू २ हजार युआनदेखि ६ हजार युआन (८४० अमेरिकी डलर) ले वृद्धि गर्नेछ,” कम्पनीले वेइबोमा घोषणा गर्यो।

“२०२३ जनवरी ०१ अघि निक्षेप तिर्ने र साइन अप गर्ने उपभोक्ताहरू मूल्य समायोजनबाट प्रभावित हुने छैनन्,” बीवाईडीले भन्यो।

एनईभी खरिदहरूको लागि चीनको सब्सिडी डिसेम्बर ३१ मा समाप्त हुनेछ, र त्यो मिति पछि लाइसेन्स प्लेट प्राप्त गर्ने सवारी साधनहरू सब्सिडीको लागि योग्य नहुने बीवाईडीले बतायो।

यसैबीच, ब्याट्री लगायतका प्रमुख कच्चा पदार्थको मूल्य यस वर्षको दोस्रो अर्ध वार्षिकदेखि ह्वात्तै बढेको बीवाईडीले जनाएको छ।

उपभोक्ताहरूले हाल बीवाईडीको प्लग-इन हाइब्रिड मोडेलहरूको लागि ४,८०० युआन वा प्योर इलेक्ट्रिक मोडेलहरूको लागि १२,६०० युआनको अनुदान प्राप्त गर्न सक्ने सीएनईभीपोष्टले रिपोर्ट गरेको छ।

यसको मतलब अर्को वर्ष बीवाईडी मोडल किन्ने उपभोक्ताहरूले १८,६०० युआन सम्मको अतिरिक्त लागतको सामना गर्नुपर्नेछ।

प्रकाशित: ११ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...