जियोले भारतमा शर्ट भिडियो एप लन्च गर्ने, इन्स्टाग्राम रिल्ससँग सिधा प्रतिस्पर्धा

  • Technology Khabar | ११ मंसिर २०७९, आईतवार
जियोले भारतमा शर्ट भिडियो एप लन्च गर्ने, इन्स्टाग्राम रिल्ससँग सिधा प्रतिस्पर्धा

काठमाडौं ।

शर्ट भिडियोहरू हेर्ने मानिसहरूको संख्यामा वृद्धि देखेर, भारतीय मोबाइल अपरेटर जियोले आफ्नो छोटो भिडियो एप लन्च गर्ने योजना बनाएको छ। मिडिया रिपोर्टकाअनुसार जियोले सर्ट भिडियो प्लेटफर्म नामक एप ल्याउने विचार गरिरहेको छ।

भारतमा सबैभन्दा लोकप्रिय चिनियाँ सर्ट भिडियो एप टिकटकमा प्रतिबन्ध लगाएपछि धेरै सर्ट भिडियो एप्स आएका छन्। तर, टिकटकले जति प्रसिद्धि हासिल गर्न सकेनन्। यसैबीच इन्स्टाग्रामले आफ्नै एपमा ल्याएको रिल्स र अन्य युट्युब शर्ट्सले राम्रो प्रतिक्रिया पाइरहेका छन्।

जियोले प्लेटफम नामक एपको लागि रोलिङ स्टोन इन्डिया र क्रिएटिभल्याण्ड एशियासँग साझेदारी गरेको छ। यद्यपी कम्पनीले यस सम्बन्धमा कुनै आधिकारिक जानकारी दिएको छैन। यदि रिपोर्टहरूमा विश्वास गर्ने हो भने, जियोको आगामी एपले सशुल्क एल्गोरिदममा काम गर्दैन, बरु यसको वृद्धि जैविक हुनेछ।

नीलो टिक प्राप्त हुने
प्लेटफम (Platfom) को साथ, प्रयोगकर्ताहरूले सिल्भर, ब्लू र रेड टिकहरू पाउनेछन्। साथै, सिर्जनाकर्ताहरूको प्रोफाइलको साथमा ‘बुक नाउ बटन’ हुनेछ, जसको माध्यमबाट कुनै पनि सिर्जनाकर्ताको बुकिङ गर्न सकिन्छ र फ्यानहरू उनीहरूसँग जोडिन सक्नेछन्।

यति मात्र होइन, जियो प्लेटफम एपमा मोनेटाइजेशनको विकल्प पनि दिइनेछ। यस बाहेक १०० संस्थापक सदस्यहरूले आमन्त्रणमा मात्र पहुँच प्राप्त गर्नेछन् र उनीहरूको प्रोफाइलमा गोल्डेन टिक दिइनेछ। यी सदस्यहरूले नयाँ कलाकार वा सिर्जनाकर्ताहरूलाई पनि आमन्त्रित गर्न सक्नेछन्।

जियो प्लेटफम एप नयाँ वर्ष अर्थात् २०२३ मा लन्च हुने यो विश्वास गरिन्छ। साथै, गायक, संगीतकार, नर्तक, फेसन डिजाइनरहरू जस्ता प्रभावकारहरू यसमा सहभागी हुनेछन्। साथै, जियोको यो एप अर्को वर्षसम्म सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ, जहाँ उनीहरूले आफ्नो प्रतिभा देखाउन सक्नेछन्।

प्रकाशित: ११ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...