आईफोन निर्माता एप्पल म्यानचेस्टर युनाइटेड फुटबल क्लब किन्ने योजनामा

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
आईफोन निर्माता एप्पल म्यानचेस्टर युनाइटेड फुटबल क्लब किन्ने योजनामा

काठमाडौं ।

आईफोन निर्माता एप्पलले इंग्ल्याण्डको फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्न इच्छा जाहेर गरेको छ।

डेली स्टारका अनुसार एप्पलले म्यानचेस्टर युनाइटेड ५.८ बिलियन पाउण्डमा किन्न चाहेको उल्लेख गरेको छ।

युनाइटेडका मालिक ग्लेजरहरुले उनीहरुलाई प्रसंसकहरुले क्लबबाट बाहिरिएको हेर्न चाहेकाले बिक्री गर्ने निर्णयमा पुगेका हन्।

अमेरिकी अर्बपतिले महँगो मूल्य तिरेर क्लब किन्न चाहनेलाई बिक्री गर्ने योजना बनाएका छन्। एप्पलले युनाइटेड किन्नका लागि सम्भावित सम्झौताको बारेमा छलफल गर्न चासो देखाएको छ।

एप्पल विश्वको सबैभन्दा ठूलो टेक कम्पनी हो। जसको वार्षिक राजश्व करिब ३२६ बिलियन पाउण्ड छ। कम्पनीको नेटवर्थ २ ट्रिलियन पाउण्डभन्दा धेरै छ।

एप्पलसँग युनाइटेड जस्तो ठूलो फुटबल क्लब सञ्चालन गरेको कुनै अनुभव छैन।

तर कम्पनीको सीईओ टिम कुक युनाईटेट खरिद गर्ने अवसर गुमाउन चाहने मुडमा देखिदैनन्। बिक्रीको निरीक्षण गर्न नियुक्त भएका बैंकहरुसँग वार्ता गर्न उनी इच्छुक रहेका जसमा द रेन समूह रहेको छ।

कुकको योजनाको हिस्सामा एप्पलले नयाँ अत्याधुनिक स्टेडियमको निर्माण गर्नको लागि आर्थिक सहयोग समावेश गर्न सक्छ जुन संसारमा उत्कृष्ट मानिनेछ।

ग्लेजरहरुले शुरुमा ८.२५ बिलियन पाउण्ड मूल्य तय गरेका थिए। तर यो मूल्यलाई हालको बजार मूल्यको तुलनामा अस्वभाविक मानिएको छ।
यदि एप्पलले यो खरिद सम्झौता पुरा गरेमा युनाइटेड संसारको सबैभन्दा धनी क्लब हुनेछ।

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार