टेस्लाको फुल सेल्फ ड्राईभिङ अब उत्तर अमेरिकामा

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
टेस्लाको फुल सेल्फ ड्राईभिङ अब उत्तर अमेरिकामा

काठमाडौं ।

टेस्लाका उत्तर अमेरिकी प्रयोगकर्ताहरुले अब कार स्क्रीनबटनै फुल सेल्फ ड्राईभिङ बेटा सफ्टवेरको सहायता मार्फत एफएसडीको सेवा ग्रहण गर्न सक्नेछन् भनेर ट्विटर प्रमुख इलन मस्कले ट्वीट मार्फत जानकारी गराएका छन्।

अटो पाईलट सम्बन्धी अमेरिकी डिर्पाटमेन्ट अफ जस्टिसको मातहत अपराधिक अनुसन्धानमा रहेको बेलामा टेस्लाले उत्तर अमेरिकाभर एफएसडी सेवा उपलब्ध गराउने टेकक्रन्चले उल्लेख गरेको छ।

हलैको वर्षमा अटो पाईलटको कारण घातक सवारी दुर्घटनाहरु भएको हुनाले टेस्ला छानबिनको चरणबाट गुज्रिरहेको छ। द नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिस्ट्रेसन(एनएचटिएसए) द्वारा टेस्लाको अटो पाईलटका कारण सन २०१६ देखि भएका ३६ वटा दुर्घटनाहरु माथि विशेष अनुसन्धान  गरिरहेको छ।

यसैगरी क्यालिफोर्निया स्थित डिपार्टजेन्ट अफ मोटर भेईकल्समा कम्पनीले अटो पाईलटको सेल्फ ड्राईभिङ क्यापेबिलिटिस र एफएसडी बारे झूटो प्रचार– प्रसार गरेको भनी केहि चालकहरुले टेस्ला विरुद्ध जहेरी पनि दिएका छन्।

गत सेप्टेम्बरमा टेस्लाले अमेरिका र क्यानडाका कुल १ लाख ६० हजार चालकलाई एफएसडी सेवा उपलब्ध गराइसकेको छ। एफएसडी सेवाको लागि भारी मूल्य तिरेसकेका उत्तर अमेरिकी ग्रहाकहरुले पनि यो सेवा उपयोग गर्न पाउने निश्ची भइसकेको बताईएको छ।

टेस्लाले यो वर्षको अन्तसम्ममा फुल सेल्फ ड्राईभिङको लक्ष्य हासिल गर्न कम्पनी सक्षम हुनेमा विश्वसत रहेको भनी मस्कले दाबी गरेको बताईएको छ।

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार