आईतवारदेखि स्मार्ट लाइसेन्स खुला हुने

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
आईतवारदेखि स्मार्ट लाइसेन्स खुला हुने

काठमाडौं ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन मङ्सिर ११ गते आईतवारदेखि खुला हुने भएको छ।

यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि बन्द गरेको अनलाइन आवेदन ११ दिनपछि खुला गर्ने भएको हो।

विभाग र यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा खटिनुपर्ने भएकाले अनलाइन आवेदन, प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा बन्द गरिएको थियो।

निर्वाचनको अवसरमा बन्द गरिएको प्रयोगात्मक (ट्रायल) र लिखित परीक्षा पनि खुला हुने भएको छ।

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार