निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द

  • Technology Khabar | ६ मंसिर २०७९, मंगलवार
निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द
निर्वाचन आयोगको कल सेन्टर। फाइल तस्बिर।

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा बन्द गरेको छ।

आयोगले हालै उक्त सेवा बन्द भएको जानकारी दिएको हो।

निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको बताएको छ।

यसअघि कल सेन्टरमार्फत आयोगलले मतदान र मतदाता सचेतनाका बारेमा विभिन्न जिज्ञासाहरु समाधान गर्दै आएको थियो।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...