भारतमा स्मार्टफोनको बिक्री घट्दोक्रममा, फाइभजी र प्रिमियम सेग्मेन्टमा भने वृद्धि

  • Technology Khabar | २ मंसिर २०७९, शुक्रबार
भारतमा स्मार्टफोनको बिक्री घट्दोक्रममा, फाइभजी र प्रिमियम सेग्मेन्टमा भने वृद्धि

काठमाडौं ।

भारतीय स्मार्टफोन बजारले २०२२ को तेस्रो क्वाटरमा पनि गिरावटको सामना गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा स्मार्टफोनको ढुवानी १० प्रतिशतले घटेको छ।

जुलाईदेखि सेम्टेम्बरसम्म ४३ मिलियन यूनिट स्मार्टफोन भारतमा ढुवानी भएको आईडीसीको रिपोर्ट अनुसार भनेर गिज्मोचाइनले उल्लेख गरेको छ। यो २०१९ यताकै तेस्रो त्रैमासिक भएको कम ढुवानी हो।

चाडपर्वको सिजनका अफर जारी गरिए पनि कमजोर माग र डिभाइसको मूल्य वृद्धिका कारण स्मार्टफोनको व्यापार घटेको हो।

ब्रान्डको हिसाबले शाओमी पहिलो स्थानमा रहेको छ। सामसङ दोस्रो, भिभो तेस्रो, रियलमी चौथो र ओप्पो पाँचौं स्थानमा छ।

ओप्पो बाहेक शीर्ष ४ कम्पनीहरुले ढुवानीमा गिरावटको सामना गर्नु परेको छ। ओप्पोले अफलाइन सेग्मेन्टमा पनि अग्रता लिएको छ।

शाओमीको ७० प्रतिशत भन्दा बढी ढुवानी अनलाइन च्यानलबाट भएको छ। भिभोले आफ्नो हालसम्मकै उच्च अनलाइन ढुवानी ३५ प्रतिशत गरेको छ।

फाइभजी सेग्मेन्टमा सामसङ २७ प्रतिशत सेयर सहित अग्रस्थानमा छ भने भिभो १५ प्रतिशत सेयर सहित दोस्रो स्थानमा छ।

समग्रमा कम्पनीहरुले तेस्रो क्वाटरमा १६ मिलियन फाइभजी स्मार्टफोन ढुवानी गरेका छ। यो कुल स्मार्टफोन ढुवानीको ३६ प्रतिशत हो। औसतमा फाइभजी स्मार्टफोनको मूल्य ३९३ अमेरिकी डलर रहेको छ।

मिडियाटेकद्वारा सञ्चालित स्मार्टफोन ४७ प्रतिशत सेयरका साथ बजारमा लिड गरिरहेको छ। क्वालकमको २५ प्रतिशत र यूएनआईएसओसीको १५ प्रतिशत बजार सेयर छ।

प्रिमियम सेग्मेन्ट (५०० अमेरिकी डलरभन्दा माथि) स्मार्टफोनको वार्षिक वृद्धिदर ६४ प्रतिशत छ। यो सेग्मेन्टको बजारमा ८ प्रतिशत सेयर छ।

प्रिमियम सेग्मेन्टमा एप्पल ६३ प्रतिशत सेयर सहित शीर्ष स्थानमा छ। भने सामसङ २२ प्रतिशत र वानप्लसको ९ प्रतिशत सेयर छ।

३०० अमेरिकी डलर आसपास मूल्य भएका स्मार्टफोन भारतमा सर्वाधिक बिक्री हुने सेग्मेन्टमा पर्छ। यो सेग्मेन्टमा गत वर्षको तुलनामा १५ प्रतिशत गिरावट देखिएको छ।

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ADB and Huawei Nepal join hands with Vishwa Niketan Secondary School to advance smart education

  • Technology Khabar
  • २ मंसिर २०७९, शुक्रबार