मिडिया प्लेब्याक सफ्टवेयर ‘भीएलसी’ डाउनलोडको प्रतिबन्ध भारतले हटायो

  • Technology Khabar | २९ कार्तिक २०७९, मंगलवार
मिडिया प्लेब्याक सफ्टवेयर ‘भीएलसी’ डाउनलोडको प्रतिबन्ध भारतले हटायो

काठमाडौं ।

दक्षिण एसियाली बजारमा लोकप्रिय मिडिया प्लेब्याक सफ्टवेयरको आधिकारिक वेबसाइट रहस्यमयरूपमा ब्लक गरेको नौ महिनाभन्दा बढी समयपछि भारतले भीएलसी (VLC) डाउनलोडमा प्रतिबन्ध हटाएको छ।

लोकप्रिय सफ्टवेयरको विकासकर्ता भिडियोल्यानले गत महिना ब्लक आदेशको बारेमा देशको आईटी र दूरसंचार मन्त्रालयबाट स्पष्टीकरण माग्दै कानूनी सूचना पठाएको थियो।

इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयले भीएलसी मिडिया प्लेयरको वेबसाइटमा रहेको प्रतिबन्ध हटाएको भिडियोल्यानलाई कानुनी समर्थन प्रदान गर्ने नयाँ दिल्लीस्थित वकालत समूह इन्टरनेट फ्रिडम फाउन्डेशनले सोमबार बताएको छ। भिडियोल्यानले आदेशको पुष्टि गरेको टेकक्रन्चले रिपोर्ट गरेको छ।

“यो प्रतिबन्ध कुनै पूर्व सूचना बिना र भिडियोल्यानलाई सुनुवाईको अवसर नदिई लगाइएको थियो, जुन २००९ ब्लकिङ नियम र श्रेया सिंघल विरुद्ध यूनियन अफ इण्डिया मुद्दामा सर्वोच्च अदालतले तोकेको कानूनको विरुद्धमा गएको थियो। यो अनौठो थियो किनभने भीएलसी मिडिया प्लेयर एक खुला स्रोत सफ्टवेयर हो जुन लगभग ८ करोड भारतीयहरूले प्रयोग गर्छन्, “आईएफएफले एक विज्ञप्तिमा भन्यो।

भारतीय दूरसंचार अपरेटरहरू तथा इन्टरनेट सेवा प्रदायकहरुले यस वर्षको फेब्रुअरीमा भिडियोल्यानको आधिकारिक वेबसाइट ब्लक गर्न थालेका थिए, जहाँ यसले भीएलसी डाउनलोड गर्ने लिङ्कहरू सूचीबद्ध गर्दछ।

रिपोर्टकाअनुसार भारत भीएलसीको लागि ठूलो बजार मध्ये एक हो।

धेरै जसो मानिसहरू लोकप्रिय एप्लिकेसन डाउनलोड गर्न भीएलसीको आधिकारिक वेबसाइटमा भर पर्छन्।

प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...