क्यान महासंघको आगामी अध्यक्षका लागि रणजित पौदारको उम्मेद्वारी घोषणा

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
क्यान महासंघको आगामी अध्यक्षका लागि रणजित पौदारको उम्मेद्वारी घोषणा

काठमाडौं ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आगामी निर्वाचनमा अध्यक्ष्यका प्रत्याशिको रुपमा रणजित पौदारले उम्मेद्वारी घोषणा गरेका छन्।

क्यानको वर्तमान १३औं कार्यसमितिमा उपाध्यक्ष रहेका पौदारले आगामी अध्यक्ष पदको दाबेदारी गरेका हुन्। उनले आगामी निर्वाचनको घोषणासँगै अध्यक्ष पदको लागि आफू तयार र योग्य रहेको बताएका छन्।

“सूचना प्रविधि क्षेत्रमा आबद्ध पेशाकर्मी, विद्यार्थी, व्यवसायी, क्यान महासंघका वर्तमान तथा पूर्व पदाधिकारी तथा अध्यक्ष ज्यूहरू समेतका शुभचिन्तकको सलाह बमोजिम सूचना प्रविधि क्षेत्रको उल्लेखनीय विकासमा संस्थागत भूमिका खेल्ने अठोटका साथ क्यान महासंघको आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,” पौदारले भनेका छन्।

उनले आगामी नेतृत्व सर्वसम्मत होस् र क्यानलाई एक ढिक्का बनाउने उद्देश्यका साथ आफू अगाडी बढेको र सोहीअनुसार काम गर्ने बताए। अध्यक्षका दाबेदार पौदारले क्यानलाई थप व्यावसायिक र सुदृढ संस्थाको रुपमा अगाडी बढाउन आफूले काम गर्ने स्पष्ट पारेका छन्।

क्यान फेडरेसनको आगामी केन्द्रीय साधारण सभा एवं महाधिवेशन आउँदो पुस ९ गते गर्ने क्यान महासंघले निर्णय गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • २८ कार्तिक २०७९, सोमबार