
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नोभेम्बर २३ मा नयाँ फ्ल्यागशिप लन्च गर्ने वाचा गरेकोमा यो अनर म्याजिक भीएस नामक फोल्डेबल फोन भएको जानकारी आएको छ।
अनर ईयूका अध्यक्षले पुष्टि गरेअनुसार लन्चिङ्ग स्थानीय समय अनुसार २:३० बजे हुनेछ भने डिभाइस त्यसपछिको चरणमा विश्वव्यापी हुनेछ।
नयाँ फोल्डेबलले सानातिना परिवर्तनहरू ल्याउँदछ जस्तै साइडहरू अब थोरै गोलाकार हुनुको सट्टा समतल भएको छ।
तस्विरले पछाडिको क्यामराको डिजाइन प्रकट गर्दैन तर अनफोल्ड गरिएको फोल्डेबल फोनको दाहिने भागमा अगाडिको क्यामराको लागि एकल पंच प्वाल देख्न सक्छौं।
म्याजिक भीएस फोन स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेटको साथमा आउने अनुमान गरिएको छ।
प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार