‘नो नट अगेन’ अभियानको पक्षमा सर्वोच्चको फैसला

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
‘नो नट अगेन’ अभियानको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं ।

सर्वोच्च अदालतले सामाजिक संजालमार्फत शुरु भएको ‘नो नट अगेन’ अभियान सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि २० कात्तिकमा दिईएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

यसअघि आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार