डिज्नी प्लसले चौथो त्रैमासमा थप्यो १२ मिलियन भन्दा बढी सदस्यता

  • Technology Khabar | २४ कार्तिक २०७९, बिहीबार
डिज्नी प्लसले चौथो त्रैमासमा थप्यो १२ मिलियन भन्दा बढी सदस्यता

काठमाडौं ।

डिज्नी प्लसले चौथो त्रैमासमा १२ मिलियन भन्दा बढी सदस्यहरू थपेको छ भने सन् २०२४ मा नाफाको लक्ष्य कायम राखेको छ।

डिज्नीले यसको स्ट्रिमिङ व्यवसायहरूको लागि अर्को बलियो त्रैमासिक रिपोर्ट गरेको छ।

यसले सेप्टेम्बरसम्मको तीन महिनामा १२.१ मिलियन डिज्नी प्लस सदस्यहरू सहित कुल १४.६ मिलियन नयाँ ग्राहकहरू थप्यो।

कम्पनीले कूल १६४.२ मिलियन डिज्नी प्लस ग्राहकहरूका साथ आर्थिक वर्षको अन्त्य गर्यो, जुन एक वर्ष अघिको तुलनामा ३९ प्रतिशतले बढेको छ। र वित्तीय २०२४ मा प्लेटफर्मलाई नाफामा परिणत गर्ने ट्रयाकमा रहेको बताएको छ।

प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार