सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक पक्राउ

  • Technology Khabar | २० कार्तिक २०७९, आईतवार
सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक पक्राउ
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

समित कुमारले सामाजिक सञ्जाल फेसबुकको नक्कली आइडीबाट पीडितको तस्विरमा अपरिचित महिलाको अश्लिल तस्विर राख्दै पीडितको बारेमा अनर्गल, अश्लिल शब्दहरु लेखी पोष्ट गर्ने गरेका थिए ।

यसका साथै उक्त आइडीको मेसेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरु गरी बदनाम, बेईज्जत गरी, अनावश्यक मानसिक तनाव, दु:ख हैरानी दिई चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले जनाएको छ।

 उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २० कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NIBL Equity Partners signs term sheet with Incessant Rain Studios for upcoming feature film “Lost in Mandala”

  • Technology Khabar
  • २० कार्तिक २०७९, आईतवार