
काठमाडौं ।
शाओमीले नेपाली बजारमा रेडमी ए सिरिज सार्वजनिक गरेको छ। स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१ं द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्दछ जसले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउँछ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “सबैका लागि उचित मूल्यमा उच्च गुणस्तरको स्मार्टफोन उपलब्द गराउने लक्ष्य राखेको शाओमीले स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूका लागि नयाँ रेड्मी सिरिज लन्च गरेको छ। रेड्मी ए१ र रेड्मी ए१ प्लस लन्च गरेसँगै कम्पनीले नयाँ प्रविधिहरू अनुकूलन गर्न र स्मार्टफोन प्रयोगकर्ताहरूलाई जीवनशैलीमा स्तरवृद्धि गराउन नयाँ स्मार्टफोन सेटहरुलाई अझ आकर्षक बनाउने डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामरा प्रणाली समावेश गरेको छ।”
रेड्मी ए१ २जीबी प्लस ३२ जीबी भेरियन्टमा रु. ११,९९९ मूल्यमा, रेड्मी ए१ प्लस २जीबी प्लस ३२जीबी र ३जीबी प्लस ३२जीबी भेरियन्ट रु. १२,४९९ र रु.१३,९९९ मा देखि देशभरका सबै अधिकृत विक्रेताहरुमा उपलब्ध हुने जनाएको छ।
प्रकाशित: २० कार्तिक २०७९, आईतवार