ताजा समाचार

चिनियाँ अन्तरिक्ष यात्रीहरू मेङतियान ल्याब मोड्युलमा प्रवेश गर्न सफल

चिनियाँ अन्तरिक्ष यात्रीहरू मेङतियान ल्याब मोड्युलमा प्रवेश गर्न सफल
Global IME Bank

चीनको शेन्झाउ १४ का अन्तरिक्ष यात्रीहरू बेइजिङ समयअनुसार बिहीबार दिउँसो ३:१२ मा चीनको अन्तरिक्ष स्टेशन तियाङगोङको मेङतियान ल्याब मोड्युलमा सफलतापूर्वक प्रवेश गरेको चाइना ह्यूमन स्पेस एजेन्सीले जनाएको छ।

पछ्याउँदै, अन्तरिक्ष स्टेशनमा शेन्झौउ-१४ चालक दलले तियानझौउ-५ कार्गो क्राफ्ट र शेन्झाउ-१५ चालक दलको स्पेसशिपको आगामी आगमनलाई स्वागत गर्ने एजेन्सीले भनेको समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ।

शेन्झाउ-१४ र शेन्झाउ-१५ चालक दलका सदस्यहरूले त्यसपछि चीनको अन्तरिक्ष इतिहासमा पहिलो इन-अर्बिट क्रू रोटेशन सञ्चालन गर्नेछन्।

चीनले अक्टोबर ३१ मा अन्तरिक्ष प्रयोगशाला मोड्युल मेन्गटियान प्रक्षेपण गर्यो र देशको अन्तरिक्ष स्टेशनको निर्माण अन्तिम चरणमा पुर्याएको रिपोर्टमा उल्लेख छ।

Sajilo Visa
easy care