यस्तो छ सोमबार विश्वभर इस्स्टाग्राम डाउन हुनुको कारण

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार
यस्तो छ सोमबार विश्वभर इस्स्टाग्राम डाउन हुनुको कारण

काठमाडौं ।

सोमबार विश्वभर डाउन भएको फोटो तथा भिडियो सेयरिङ्ग प्लेटफर्म इस्स्टाग्राम ८ घण्टापछि संचालनमा आयो। तर मेटाको अधिनमा रहेको इन्स्टाग्राम के कारणले डाउन भएको भन्ने अझै बिस्तृतमा थाहा हुन सकेको छैन्।

कम्पनीले भने एउटा बगका कारण प्रयोगकर्ताहरूले लगइन गर्न समस्या भोगेको बताएको छ। तर कस्तो बग हो र त्यसले कसरी अवरोध गर्यो भन्ने बताएको छैन्।

यसअघि मंगलबार डाउन डिटेक्टरकाअनुसार २४ घण्टामा करिब ८ हजारले गुनासो गरेका थिए। वेबसाइटकाअनुसार सबैभन्दा धेरै एपमा समस्या आएको बताएका थिए।

अधिकांशले भने एप लगिनमा नै समस्या भोगेका थिए।

“हामीले अक्टोबर ३१, २०२२ मा तपाईंको खाता निलम्बन गर्‍यौं” भनेर सन्देश प्राप्त गरेको भन्दै संसारभरका प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलबाट किन लक आउट गरिएको छ भनी सोध्न अन्य सोशल मिडिया प्लेटफर्महरूमा गुनासो पोस्ट गरेका थिए।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १५ कार्तिक २०७९, मंगलवार