५ मिनेटको चार्जमा १६० किलोमिटर रेञ्ज प्रदान गर्ने चार्जर स्थापना

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार
५ मिनेटको चार्जमा १६० किलोमिटर रेञ्ज प्रदान गर्ने चार्जर स्थापना

काठमाडौं ।

बेलायतको ग्रिडसर्भमा तीब्र गतिको सार्वजनिक चार्जर स्थापना गरिएको छ। ग्रिडसर्भमा स्थापना गरिएको चार्जरबाट ५ मिनेटमा १६० किलोमिटरसम्म रेञ्ज बढाउन सकिने कारडिलरम्यागजिनले उल्लेख गरेको छ।

एबीबी ईमोबिलिटी ३६० किलोवाट चार्जर ग्रिडसर्भ ब्रेन्ट्रीको इलेक्ट्रिक फोरकोर्टमा स्थापना गरिएको छ। चार्जरमा दुई कनेक्टरहरु छन् र यो सबै ईभीका लागि उपयुक्त छ।

चार्जको क्षमता र डेलिभरी गतिको आधारमा रेञ्ज निर्भर हुन्छ।

नयाँ सुविधासँगै ब्रेन्ट्री फोरकोर्टमा एकै समयमा ३६ ओटा ईभी चार्ज गर्न सकिन्छ।

यदि यो परियोजना सफल भएमा टेरा ३६० चार्जरु ग्रिडसर्भ नेटवर्कमा अन्यत्र पनि रोल आउट गरिनेछ।

ग्रिडसर्भको नर्विचमा इलेक्ट्रिक फोरकोर्ट छ। यो ग्याटविक एयरपोर्टमा सन् २०२३ देखि सञ्चालनमा ल्याइनेछ।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार