एनओटिएसको लगइन/यूजर आइडी लिन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह

  • Technology Khabar | ६ कार्तिक २०७९, आईतवार
एनओटिएसको लगइन/यूजर आइडी लिन सूचीकृत कम्पनीहरुलाई नेप्सेको आग्रह
फाइल तस्विर

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सबै सूचीकृत कम्पनीहरुलाई यहि कात्तिक २५ गते भित्र एनओटिएसको लगइन/यूजर आइडी लिन आग्रह गरेको छ। नेप्सेले आइतबार सूचना जारी गर्दै सबै कम्पनीलाई यस्तो आइडी लिन आग्रह गरेको हो।

कात्तिक २७ गतेदेखि नेप्सेको नयाँ वेबसाइट पूर्णरुपमा संचालन हुने भएकाले कम्पनीमा सूचीकृत सबै कम्पनीहरुले कात्तिक २५ गतेभित्र नै लगइन आइडी लिन भनिएको छ।

नेप्सेकाअनुसार नयाँ वेबसाइट पूर्णरुपमा संचालन आएपछि सबै सुचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्र सार्वजनिक हुने र पुरानो वेबसाइटको लगइन आइडी खारेज हुनेछ।

सुचीकृत कम्पनीहरुले तोकिएका सूचना तथा विवरणहरु समयभित्र प्रकाशन गर्न नसकेमा प्रचलित प्रावधानअनुसार हुने जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ६ कार्तिक २०७९, आईतवार