Technology Khabar ४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं ।
भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले आफ्नो पहिलो ल्यापटप, जियोबुक ल्यापटप अब बिक्रीको लागि लाइभ भएको छ। यो रिलायन्स डिजिटलको वेबसाइटमार्फत भारतीय उपभोक्ताहरूलाई उपलब्ध गराइँदैछ।
यसअघि यसलाई सरकारी ई–मार्केटप्लेसमार्फत पुनर्विक्रेतामा ल्याइएको थियो। यसबाट ल्यापटपको स्पेसिफिकेशन जानकारी खुल्यो।
यो ल्यापटपमा ११.६ इन्चको डिस्प्ले, स्न्यापड्रागन ६६५ प्रोसेसर र ५००० एमएएचको ब्याट्री छ। क्वालकम र माइक्रोसफ्टसँगको साझेदारीमा विकसित यो बजेट ल्यापटपले जियोफोनको सफलतालाई दोहोर्याउने लक्ष्य राखेको छ।
जियोबुक स्थानिय बजारमा भारु १५,७९९ मूल्यमा लन्च गरिएको छ। यो रिलायन्स डिजिटलको ई-कमर्स वेबसाइट मार्फत खरिद गर्न सकिन्छ। साथै, ल्यापटप खरिद गर्ने ग्राहकहरूले अग्रणी बैंकहरूबाट क्रेडिट कार्डहरूमार्फत १० प्रतिशत तत्काल छुट प्राप्त गर्न सक्छन्।
जियोबुकको स्पेक र सुविधा
जियोबुकमा ११.६ इन्च एचडी डिस्प्ले छ, जसले १३६६×७६८ पिक्सेल रिजोल्युसनलाई समर्थन गर्दछ। यो ल्यापटपमा क्वालकम स्न्यापड्रागन ६६५ प्रोसेसर छ, जुन एड्रेनो ६१० जीपीयूसँग जोडिएको छ।
ल्यापटपमा २ जीबी र्याम र ३२ जीबी ईएमएमसी स्टोरेज छ। भण्डारणलाई माइक्रोएसडी कार्ड मार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ। जियोबुकमा ५,००० एमएएच ब्याट्री छ। एक पटक चार्ज गर्दा यसले ८ घण्टाभन्दा बढी ब्याट्री लाइफ दिने कम्पनीको दाबी छ।
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार