नियम उल्लंघन गरेको भन्दै टेलिग्रामलाई ५.१ मिलियन डलर जरिवाना

  • Technology Khabar | ४ कार्तिक २०७९, शुक्रबार
नियम उल्लंघन गरेको भन्दै टेलिग्रामलाई ५.१ मिलियन डलर जरिवाना

काठमाडौं ।

इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामलाई जर्मनीको संघीय अदालतले ५.१२५ मिलियन डलर जरिवाना गरेको छ। टेलिग्राममा जर्मनीको नियम उल्लङ्घन गरेको भन्दै जर्मनीले यो जरिवाना लगाएको हो। अर्थात् जर्मनीको नियम पालना नगरेको कारण टेलिग्राममा यो जरिवाना लगाइएको हो।

समाचारकाअनुसार संघीय अदालतका एक न्यायाधीशले टेलिग्रामलाई जरिवाना लगाएका छन् भने टेलिग्रामसँग कानूनी सामग्री रिपोर्ट गर्ने कुनै कानुनी नीति नभएको र टेलिग्रामको जर्मनीमा कुनै आधिकारिक सञ्चार नभएको पनि बताएको छ।

स्थानिय नियम उल्लङ्घन गरेको आरोप

अबदेखि टेलिग्रामले जर्मनीमा आफ्ना सेवाहरू जारी राख्न निश्चित जर्मन नियमहरूको पालना गर्नुपर्छ। वास्तवमा, टेलिग्रामको कम्पनीसँग नक्कली समाचार र अफवाहहरू रोक्नको लागि कुनै कानुनी तरिका छैन, न त कम्पनीको जर्मनीमा कुनै स्थानीय सञ्चार सम्पर्क केन्द्र छ, जसका कारण जर्मन अधिकारीहरूले दुबईस्थित इन्स्ट्यान्ट मेसेजिङ एपमा कागजातहरू पठाउन असमर्थ छन्। धेरै समस्याको सामना गर्नु परेको छ।

एक जर्मन कानून फर्मले टेलिग्रामको प्रतिनिधित्व गरेको घोषणा गरेको संघीय न्यायीक कार्यालयले भनेको छ, तर टेलिग्राममा लगाइएको जरिवानाबाट बच्न यो मात्र पर्याप्त छैन। यसअघि पनि जर्मनीले टेलिग्रामलाई यो कट्टरपन्थीको माध्यम भएको भन्दै चेतावनी दिएको थियो, जसले राजनीतिज्ञ, वैज्ञानिक र डाक्टरहरूलाई लक्षित गरेको थियो।

संघीय न्यायाधीश मन्त्री मार्को बुशम्यानले एक विज्ञप्तिमा जर्मन नीति अनुसार कुनै पनि इन्स्ट्यान्ट मेसेजिङ एप र सामाजिक सञ्जालमा प्लेटफर्ममा अफवाह र दंगा फैलाउने पोस्ट, सामग्री वा लेखको प्रसारण रोक्न सबै उपकरणहरू हुनु आवश्यक भएको भनेका छन्। यसका साथै यो नियम सबैले पालना गर्नु अत्यन्तै जरुरी र अनिवार्य भएको पनि बताए ।

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार