अनलाइन सपिङ प्लेटफर्म ग्यापुको ‘दिपावली बाहार’ अफर

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
अनलाइन सपिङ प्लेटफर्म ग्यापुको ‘दिपावली बाहार’ अफर

काठमाडौं ।

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बाहार’ अफर ल्याएको छ।
तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो।

उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ।

जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको छ। साथै ब्रेड ट्रिमल लगायतका सामाग्री खरिदमा २० प्रतिशत, फलफुलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ।

यसबाहेक सामान खरिदका लागि हिमालय बैंक, एनआइसी एसिया बैंक, मेघा बैंक, एनएमबि बैंक, इसेवा, फोनपे, खल्ती लगायतबाट रकम भुक्तानी गर्दा विशेष क्यासब्याकको समेत व्यवस्था गरिएको जनाएको छ।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...