नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
नेपाल भित्रियो युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोश’

काठमाडौं ।

युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ। कम्पनीले काठमाडौं कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ। स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन्।

नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भनेका छन्, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ।’

उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे।

प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रूत रूपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ।’

उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।

कम्पनीकाअनुसार नेपाली बजारमा उपलब्ध बोश ब्रान्डका उपहरणहरू यस प्रकारको छ-

१. रेफ्रिजिरेटर/फ्रिजः

नेपाली बजारमा बोशको ‘बोश म्याक्स-फ्लेक्स रेफ्रिजिरेटर’ र ‘वाटर-डिस्पेन्सर सहितको बोश फ्रस्ट-फ्री कन्भर्टिबल डबल-डोर रेफ्रिजिरेटर’ गरी दुई प्रकारको रेफ्रिजिरेटर नेपाली बजारमा उपलब्ध छन्।

  • बोश म्याक्स-फ्लेक्स रेफ्रिजिरेटरः तीन वटा ढोका भएको बोशको म्याक्स-फ्लेक्स रेफ्रिजिरेटरमा उपभोक्ताहरूको लागि पर्याप्त मात्रामा स्पेस/ठाउँ दिइएको छ। यसको बीच भागमा तापक्रम समायोजन गर्न मिल्ने विशेषता पनि दिइएको छ। आवश्यकता अनुसार यसलाई फ्रिज वा फ्रिजरको रूपमा उपयोग गर्न सकिन्छ।
  • वाटर-डिस्पेन्सर सहितको बोश फ्रस्ट-फ्री कन्भर्टिबल डबल-डोर रेफ्रिजिरेटरः यो रेफ्रिजिरेटरमा फ्रेससेन्स सेन्सर दिइएको छ जसले फ्रिजरको तापक्रम, फ्रिज र यसको परिवेशलाई नियन्त्रणमा राख्छ। यसले गर्दा बाहिरी तापक्रम जति नै भएपनि भित्री तापक्रमको तालमेल भने स्थिर रहन्छ। यसबाहेक रेफ्रिजेरेटरमा पानी डिस्पेन्सर पनि सँगै दिइएको छ। यसो हुँदा ग्राहकहरूको भान्साको ठाउँ पनि खपत कम गर्छ।

२. वासिङ मेसिन र ड्रायर्सः

  • बोश टप लोड पूर्ण स्वचालित वासिङ मेसिन: यो वासिङ मेसिनको डिजाइनसँगै यसको प्रदर्शन पनि उच्च श्रेणीको छ। यसमा कपडाको हेरचाह हुनुका साथै हातले धुएको जस्तै गुणस्तर पाउन सकिन्छ।
  • बोश फ्रन्ट लोड वासिङ मेसिनः यो फ्रिस्ट्यान्डिङ र बिल्ट-इन रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छन्। यो मेसिनमा कपडा धोएपछि कपडाको गुणस्तर यथावत रहन्छ भने विश्व बजारमा यसमा भएको ठूलो ड्रम आकारले गर्दा प्रख्यात छ। यसले नेपाली उपभोक्ताहरूको आवश्यकता पूरा गर्नेमा कम्पनी सकारात्मक छ।
  • बोश वासर ड्रायरः यो वासिङ मेसिनमा कपडा धुनुका साथै सुकाउन पनि सकिन्छ। यसमा उच्च गुणस्तरको धुलाई हुन्छ भने कपडाको गुणस्तरलाई पनि कायम राख्छ।

३. डिसवासरः 

बोशको डिसवासरमा र्याकम्याटिक र होम कनेक्ट जस्ता विशेषता पाउन सकिन्छ। यी विशेषताले गर्दा थोरै समयमै धेरै काम गर्न सकिन्छ। यसमा भाडा भिजाउने,धुने/पखाल्ने र सुकाउन सहज हुने विशेषता पनि समावेश गरिएको छ। यो डिसवासरको सहायतामा मानिसको उर्जा र पानीको बचत पनि गर्छ।

४. अन्य उपकरणहरूः 

  • मिक्सर ग्रान्डर र फुड प्रोसेसरः बोशको मिक्सर ग्रान्डर, हाते ब्लेन्डर, जुसर र फुड प्रोसेसरको मद्दतमा भान्सामा काम गर्न सहज हुने पक्का छ। उच्च गुणस्तरका यी उपकरणहरूले भान्साका उपकरण संग्रहमा विशेष स्थान पनि ओगट्छ।

बोशका हरेक उपकरणहरू राम्ररी डिजाइन गरिएका छन्। यी उपकरणहरू उपभोक्ताको जीवनशैलीमा सुधार गर्ने उद्देश्यले प्रिमियम ढंगमा डिजाइन गरिएका छन्।

बोशका केही उपकरणहरूमा ‘होम कनेक्ट’ विशेषता दिइएको छ, जसले गर्दा स्मार्टफोन वा ट्याब्लेटले उपकरणहरू व्यवस्थापन गर्न सकिन्छ। यो विशेषता उपभोग गरेपछि उपभोक्ताहरूले सजिलैसँग एकै पटकमा विभिन्न काम गर्न सक्ने कम्पनीले विज्ञप्तीमाा उल्लेख गरेको छ।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार