चीनद्वारा याओगान भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | ३१ आश्विन २०७९, सोमबार
चीनद्वारा याओगान भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

चीनद्वारा याओगान भूउपग्रह सफलतापूर्वक प्रक्षेपण भएको छ।

चीनले याओगान–३६ रिमोट सेन्सिङ स्याटेलाइटलाई लङ मार्च–२डी क्यारियर रकेटमार्फत अन्तरिक्षमा प्रक्षेपण गरेको चाइनान्यूजले जनाएको छ।

चीनको दक्षिण–पश्चिममा रहेको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको उक्त भूउपग्रह आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक विराजमान भएको बताइएको छ।

प्रक्षेपण लङ मार्च रकेट श्रृंखलाका साथमा ४४४औं मिसन हो।

प्रकाशित: ३१ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार