एलइडी टेलिभिजन विष्फोट हुँदा भारतमा एक बालिकाको मृत्यु !

  • Technology Khabar | २५ आश्विन २०७९, मंगलवार
एलइडी टेलिभिजन विष्फोट हुँदा भारतमा एक बालिकाको मृत्यु !

काठमाडौं ।

हामीले फोनमा विष्फोटको खबर सधैं सुन्छौं तर अहिले भने एउटा समाचार बाहिर आएको छ जसमा टेलिभिजन विस्फोट भएको छ।

हो, टिभी विष्फोट हुँदा भारतमा एक १६ वर्षीय बालिकाको मृत्यु भएको छ। सोही क्रममा दुईजना गम्भीर घाइते भएको नवभारत टाइम्सले जनाएको छ।

यो घटना भारतको यूपीको गाजियाबादको हो। दुई बालबालिका एलईडी टिभीमा चलचित्र हेरिरहेका बेला उक्त घटना भएको हो । त्यही बेला उनकी बहिनी मोनिका अर्को कोठामा भुइँमा सुतिरहेकी थिइन्।

समाचारकाअनुसार टिभीमा भएको विस्फोट यति तीव्र थियो कि पर्खालको एक भाग मोनिकामाथि खसेर उनको मृत्यु भयो। बाँकीलाई गम्भीर चोट लागेको छ भने छेउछाउको पर्खालमा पनि क्षति पुगेको छ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित: २५ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

स्मार्टफोनहरूको मूल्य धेरै महँगो हुने

  • Technology Khabar
  • २५ आश्विन २०७९, मंगलवार