मलेशियाको राष्ट्रिय फाइभजी अपरेटर डीएनबीमा चार टेलिकम अपरेटरको ६५ प्रतिशत हिस्सा

  • Technology Khabar | २४ आश्विन २०७९, सोमबार
मलेशियाको राष्ट्रिय फाइभजी अपरेटर डीएनबीमा चार टेलिकम अपरेटरको ६५ प्रतिशत हिस्सा

काठमाडौं ।

मलेशियाका अपरेटरहरू सेलकम आजियाटा, डिजी टेलिकम्युनिकेसन्स, वाईटिएल कम्युनिकेसन्स, र टेलिकम मलेशिया (टिएम) ले सामूहिक रूपमा डिजिटल नेसनल बीएचडी (डीएनबी) मा ६५ प्रतिशत सेयर लिन साझा सदस्यता सम्झौतामा हस्ताक्षर गरेका छन्।

डीएनबी मलेशिया सरकारको स्वामित्वमा रहेको कम्पनी हो र यसले देशको ५जी नेटवर्क बनाईरहेको छ।

यसमा बजार प्रतिस्पर्धीहरू म्याक्सिस र यू मोबाइलले डीएनबी सम्झौताबाट बाहिरिएका छन्।

यसअघि मलेसियन अपरेटरहरूले सरकारले डीएनबीमा अपरेटरहरूले संयुक्त ७० प्रतिशत हिस्सेदारी लिने प्रस्ताव नगरेसम्म वार्ता रोकेका थिए।बाँकी ३० प्रतिशत हिस्सा सरकारको हुने बताइएको थियो।

तर सम्झौताले डीएनबीमा सेलकम आजियाटाको १२.५ प्रतिशत, डिजी टेलिकम्युनिकेसन्सको १२.५ प्रतिशत, वाईटिएल कम्युनिकेसन्सको २० प्रतिशत, र टिएमको २० प्रतिशतसहित कुल ६५ प्रतिशत शेयर हिस्सा रहनेछ।

अर्कोतर्फ सरकारले बाँकी ३५ प्रतिशत सेयर राख्नेछ, जसले विभिन्न अधिकार र विशेषाधिकारहरू प्रदान गर्दछ। साथै सरकारको तर्फबाट स्वामित्व, बिक्री, वा हस्तान्तरण जस्ता क्षेत्रहरू समावेश गर्दछ।

सम्झौताको सर्तहरू र कम्पनीहरू बीचको सहमत शासन संरचना अन्तर्गत, कुनै पनि मोबाइल नेटवर्क अपरेटरले डीएनबीमा २०% भन्दा बढी शेयर होल्डिङ राख्न सक्दैन्। र मोबाइल नेटवर्क अपरेटरहरु बीच मर्जरको अवस्थामा, मर्ज गरिएको संस्थाले २५% भन्दा बढी राख्न सक्दैन।

डीएनबी, फाइभजी नेटवर्क मलेहियामा देशव्यापी रूपमा रोल आउट गर्न स्थापना गरिएको विशेष उद्देश्यसहितको सरकारी कम्पनी हो।

प्रकाशित: २४ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...