अमेरिकी सर्वोच्च अदालतद्वारा एप्पलको क्वालकम प्याटेन्ट रद्दको अपिल अस्वीकार

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
अमेरिकी सर्वोच्च अदालतद्वारा एप्पलको क्वालकम प्याटेन्ट रद्दको अपिल अस्वीकार

काठमाडौं ।

अमेरिकी सर्वोच्च अदालतद्वारा एप्पलको क्वालकम प्याटेन्ट रद्दको अपिल अस्विकार गरेको छ।दुई कम्पनीहरू (एप्पल र क्वालकम) पहिले नै सम्झौतामा पुगिसकेको भन्दै अदालतले रद्दको अपिल अस्विकार गरेको रोयटर्सले जनाएको छ।

५ महिना अघि गत जून महिनामा एप्पलले अर्को दुई क्वालकम प्याटेन्टहरूलाई चुनौती दिँदै तल्लो अदालत पुगेको थियो। तर एप्पलको सो अपिललाई पनि अदालतले अस्विकार गरेको थियो।

एप्पल र क्वालकमबीच सन् २०१७ मा क्वालकमले एप्पलको आईफोन, आईप्याड र एप्पल वाचहरूमा प्रयोग हुने मोडेम प्रविधिको प्याटेन्टमा उल्लङ्घन गरेको आरोपमा एप्पल विरुद्ध मुद्दा दायर गरेको थियो।

एप्पलले पहिले क्वालकमबाट मोडेम चिप्स सोर्स गरेपनि व्यापारिक छलफल हुँदा छोटो अवधिको लागि एप्पलले इन्टेलबाट चिप्स लिन्थ्यो।

सन् २०१९मा दुबै कम्पनीहरू एक सम्झौतामा पुगेर सामान्य रूपमा व्यापार पुनः सुरु गरेका थिए।

सम्झौतामा हजारौं क्वालकम प्याटेन्टहरूको लागि एप्पल लाइसेन्स समावेश थियो, तर प्याटेन्ट–बोर्ड कार्वाही भने जारी राख्न अनुमति दियो।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • २३ आश्विन २०७९, आईतवार