काठमाडौं ।
ट्विटरले आफ्ना प्रयोगकर्तालाई स्क्रिनशट लिन नमिल्ने फिचर ल्याउने भएको छ।
ट्वीटको स्क्रिनशट लिएर शेयर गर्नेभन्दा लिंक कपी गर्ने वा लिंक शेयर गर्ने फिचर ल्याउन लागेको कम्पनीले वेबसाईटको सूचनामा उल्लेख गरेको छ।
ट्विटरले अब आफ्नो प्लेटफर्ममा स्क्रिनशट लिन नमिल्ने फिचर ल्याउने तयारी भएकाले यो सुविधा अहिले बन्द हुन लागेको हो।
ट्विटरले नयाँ फिचर कहिले आउने र पूरानो बन्द हुने मिति भने खुलाएको छैन।
प्रकाशित: २३ आश्विन २०७९, आईतवार