चीनको अनुसन्धान र विकास खर्च ४३५ बिलियन अमेरिकी डलर हुने

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
चीनको अनुसन्धान र विकास खर्च ४३५ बिलियन अमेरिकी डलर हुने

काठमाडौं ।

चीनको अनुसन्धान र विकास खर्च यस वर्ष सन् २०२२ मा ४३५ बिलियन अमेरिकी डलर अर्थात् ४ ट्रिलियन युआन बराबर हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय चीनमा अनुसन्धान र विकास लगानी बढ्दै गएको छ, यस वर्ष सन् २०२२ मा कूल विकास र अनुसन्धानमा ४३५ अमेरिकी डलर नाघ्न सक्ने चीनको राष्ट्रिय तथ्याङ्क विभाग, विज्ञान तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उदृत गर्दै एपीन्यूजले जनाएको छ।

चीनको अनुसन्धान तथा विकास खर्चले विगत १० वर्षमा तीव्र वृद्धिको प्रवृत्तिलाई निरन्तरता दिएको छ।

चीनमा अनुसन्धान र विकास लगानी सन् २०१२ मा पहिलो पटक १ ट्रिलियन युआन र सन् २०१९ मा २ ट्रिलियन युआन नाघेको छ। गत वर्ष सन् २०२१ मा २ ट्रिलियन ८०० बिलियन युआन खर्च भएको थियो।

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनमा अनुसन्धान तथा विकास लगानी अघिल्लो वर्षको तुलनामा १४.६ प्रतिशतले बढेर २ खर्ब ८०० अर्ब युआन पुगेको छ।

यसरी लगातार ६ वर्षदेखि चीनको अनुसन्धान तथा विकास लगानी बढेको हो। तथ्याङ्कअनुसार गत वर्ष चीनले आधारभूत अनुसन्धानका लागि विनियोजन गरेको बजेट अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतले बढेर १८१ अर्ब ७० करोड युआन पुगेको छ।

कुल अनुसन्धान र विकास लगानीको हिसाबले चीन हाल विश्वमा दोस्रो स्थानमा छ। सन् २०१६ र सन् २०२१ को बीचमा, अनुसन्धान र बिकास खर्चमा वार्षिक संयुक्त राज्य अमेरिका (७.८ प्रतिशत) ले जापान (१ प्रतिशत), जर्मनी (३.५ प्रतिशत) र दक्षिण कोरिया (७.८ प्रतिशत) छ।

चीनले (१२.३) प्रतिशत वार्षिक बजेटमा खर्च गरेपनि अन्तराष्ट्रिय मापनमा अनुसन्धान र विकासमा पहिलो हुन अझै सकेको छैन।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार