इलेक्ट्रिक कार निर्माता स्काइवेलको ब्याट्री उत्पादन कारखाना चीनको जीयान्सुमा

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
इलेक्ट्रिक कार निर्माता स्काइवेलको ब्याट्री उत्पादन कारखाना चीनको जीयान्सुमा

काठमाडौं ।

इलेक्ट्रिक कार निर्माता स्काइवेलले ब्याट्रीहरू उत्पादन गर्ने कारखाना चीनको जीयान्सु क्षेत्रमा खोलेको छ।

४ महिना अघि गत जुलाईमा आफ्नो ५० औं वार्षिकोत्सव मनाउँदा घोषणा गरेको इलेक्ट्रिक कार निर्माता कम्पनीले अक्टुबर ७ गत शुक्रबार मात्र इलेक्ट्रिक कारका लागि ब्याट्री उत्पादन गर्ने कारखाना खोलेको अटोन्यूज चाइनाले जनाएको छ।

चीनमा आफ्नो ब्याट्री कारखाना खोल्दा स्काइबेल कारसँगै बजारमा आकर्षित हुनुका साथै प्रतिस्पर्धामा सहज हुने कम्पनीले दाबी गरेको छ।
गत वर्ष युरोप महादेशमा इलेक्ट्रिक कार अफ द इयरको रूपमा छनोट भएको इलेक्ट्रिक कारका साथ स्काइबेलले आफूले गरेको लगानीबाट आफ्नो नाम कमाउन अघि बढेको छ।

१.२ जीडब्लुएच क्षमताको ब्याट्री कारखानाले २२ हजार वर्ग मिटर सुविधामा ब्याट्री मोड्युल र २ ओटा ब्याट्री प्याक उत्पादन लाइन स्थापना गरेको ब्रान्डले यही वर्ष सन् २०२२ अक्टुबर सहित बाँकी ३ महिनामा ५६ मिलियन डलरको ब्याट्री उत्पादन गर्ने कम्पनीले दाबी गरेको छ।

एकपटकको फूल चार्जले ५२० किलोमिटरसम्मको दायरा, सेमी–अटोनोमस ड्राइभिङ र स्मार्ट सुविधाहरूसहित बजारमा आएको अटोन्यूज चाइनाले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...