बिवाइडीले जर्मन रेन्टल कम्पनी सिक्स्टलाई १ लाख इभी बेच्ने

  • Technology Khabar | २० आश्विन २०७९, बिहीबार
बिवाइडीले जर्मन रेन्टल कम्पनी सिक्स्टलाई १ लाख इभी बेच्ने

काठमाडौं ।

धेरै युरोपेली बजारहरूमा आफ्नो विस्तारको घोषणा गरेको केही महिना पछि, चिनियाँ अटोमेकर बिल्ड योर ड्रीम्स (बिवाइडी) ले विदेशी सडकहरूमा आफ्ना धेरै ईभीहरु कुदाउन द्रुत कदमहरू चालिरहेको छ।

जर्मन कार भाडा कम्पनी सिक्स्ट (SIXT) ले बिवाइडीबाट लगभग १ लाख ईभीहरु किन्नको लागि भर्खरै सम्झौता गरेको छ जुन यस वर्षदेखि युरोपमा भाडामा उपलब्ध हुनेछ।

केही दिन अघि, चिनियाँ इभी अटोमेकर बिवाइडीले आफ्नो सेप्टेम्बरको बिक्री संख्याहरू साझा गर्यो, जसले लगातार सातौं महिनाको लागि रेकर्ड उच्च र २०२१ को तुलनामा १६१ प्रतिशत वार्षिक दरको वृद्धि प्रदर्शन गर्दछ।

अटोमेकरले यस गर्मीमा युरोपमा प्रवेश गर्ने घोषणा गरेपनि चीन बाहिरको बिवाइडीको नयाँ बजारहरूले समान वृद्धि प्रवृति देखाए। बिवाईडीले इयूमा ४० हजार यूरो मुनिको ‘एट्टो ३’ सहित तीन इभी बिक्री गर्नेछ।

यस त्रैमासिकमा जर्मनी र स्वीडेनमा इभी डेलिभरीहरू सुरु हुने र जापानमा पनि बिक्री गर्ने योजनाहरूसँगै, बिवाईडीको सम्भावित भविष्यको सन्दर्भमा आशावादी हुने धेरै कुराहरू छन्।

सिक्स्टको एक प्रेस विज्ञप्ति अनुसार, यसले युरोपभर भाडामा गाडीको रूपमा प्रस्ताव गर्न बिवाईडीबाट “लगभग १ लाख ईभीहरु खरिद गर्नेछ। सम्झौताको पहिलो चरणमा धेरै हजार बिवाईडी ईभीहरू समावेश छन् जुन यस क्वार्टरमा ग्राहकहरूका लागि जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स र युकेमा उपलब्ध हुनेछन्।

यो प्रारम्भिक खरिदमा एट्टो ३ सी सेगमेन्ट एसयूभीहरू समावेश हुनेछन्, त्यसैले सिक्स्ट प्रयोग गर्ने युरोपेली ग्राहकहरूले ती इभीहरू पहिले भाडामा लिने अपेक्षा गर्न सक्छन्। एट्टो ३ मा बिवाईडीको अद्वितीय ब्लेड ब्याट्रीहरू पनि छन्।

यो ठूलो खरिद सम्झौता भाडा कम्पनीको २०३० सम्ममा युरोपमा आफ्नो फ्लीटको ७०-९०% विद्युतीकरण गर्ने रणनीतिको एक हिस्सा हो।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...