आविष्कार केन्द्रद्वारा स्वचालित ड्रोन उडानको सफल परीक्षण

  • Technology Khabar | २० आश्विन २०७९, बिहीबार
आविष्कार केन्द्रद्वारा स्वचालित ड्रोन उडानको सफल परीक्षण

काठमाडौं ।

दूर्गम भेगमा औषधि लाने उद्देश्यले दशैंको समय पारेर राष्ट्रिय आविष्कार केन्द्रले स्वचालित ड्रोन उडानको सफल परीक्षण गरेको छ।

केन्द्रको ड्रोन टिमले फ्लाइट सुरक्षित क्षेत्रमा फिक्स्ड विङ्ग ड्रोनको पूर्ण रुपमा अटोनोमस टेस्ट फ्लाइट सफलतापुर्वक सम्पन्न गरेको हो।

पहिलो फ्लाईट २४०० मिटरको उचाईमा १८ किलोमिटर उडेको थियो र दोस्रो फ्लाईट २६०० मिटरको उचाइमा २० किलोमिटर उडेको केन्द्रका संस्थापक डाः महावीर पुनले ट्विटरमार्फत जानकारी दिएका छन्।

उनकाअनुसार टिमले यो दुरी बढाएर ४० किलोमिटरसम्म बढाउने लक्ष्य राखेका छन्।

उक्त टेस्ट फ्लाईटमा आविष्कार केन्द्रमा नै विकास गरेको कम्युनिकेशन सिस्टमको परीक्षण गरिएको थियो, जुन सिस्टमले ड्रोन र बेसस्टेसन बिचको सम्पर्क निरन्तर रुपमा दिन्छ। अनि ड्रोनको सम्पूर्ण जानकारी बेसस्टेसनले प्राप्त गर्छ र आवश्यक परेको निर्देशन बेसस्टेसनले ड्रोनलाई दिन्छ।

डाः पुनले भने, ‘यो एउटा महत्वपुर्ण आवश्यकता हो र खास गरी दुर्गम क्षेत्रमा ड्रोन उडाउन यो सिस्टम नभई हुँदैन। हामीले बनाउने ड्रोनको प्रमुख उद्देश्य दूर्गम भेगमा औषधी पुर्याउनु हो।’

प्रकाशित: २० आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • २० आश्विन २०७९, बिहीबार