ताजा समाचार

आईटीयू काउन्सिल, रेडियो नियमन बोर्डको २०२३ देखि २०२६ अवधिको लागि नयाँ सदस्यहरूको मतदान

आईटीयू काउन्सिल, रेडियो नियमन बोर्डको २०२३ देखि २०२६ अवधिको लागि नयाँ सदस्यहरूको मतदान
Global IME Bank

इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले आगामी चार वर्षका लागि आगामी आईटीयू काउन्सिल र रेडियो नियमन बोर्डका सदस्यहरूको लागि मतदान पूरा गरेको छ।

रोमानियाको बुखारेस्टमा भएको आईटीयू पूर्णाधिकार सम्मेलन (पीपी-२२) मा अक्टोबर ३ मा मतदान सुरु भएको थियो।

सबै सिट पाँच प्रशासनिक क्षेत्रहरू बीच बाँडफाँड गरिएको छ।

यसअघि आईटीयू इतिहासमै पहिलो पटक महिला महासचिव पाएको छ।सदस्य राष्ट्रहरूले संयुक्त राज्य अमेरिकाकी डोरिन बोग्डान-मार्टिनलाई संगठनको अर्को महासचिवमा चयन गरेका हुन्।

बोग्डान-मार्टिनले १ जनवरी २०२३ मा आईटियू महासचिवको रूपमा आफ्नो चार वर्षको कार्यकाल सुरु गर्ने छिन्।

Sajilo Visa
easy care