चाडपर्वको अवसरमा यस्तो छ वालेटहरुमा अफर

  • Technology Khabar | २० आश्विन २०७९, बिहीबार
चाडपर्वको अवसरमा यस्तो छ वालेटहरुमा अफर

काठमाडौं ।

विगतमा जस्तो अहिले सरसामान किन्न खल्तीमा नगद बोकेर हिड्नु पर्दैन। भुक्तानी सेवा प्रदाय वालेटको सहायताबाट आफूले खरिद गरेको सामानको रकम तिर्न सकिन्छ। चाडपर्वमा अन्य समयको तुलनामा नेपालीहरुले बढी नै खर्च गर्ने गर्छन्। चाडपर्वमा गरिने खर्चका लागि आफ्नो प्लेटफर्मको बढी भन्दा बढी प्रयोग होस् भन्ने हरेक कम्पनीको चाहना हुन्छन्।

यस्तोमा वालेट सेवा प्रदायकहरु भुक्तानीका लागि आफनो प्लेटफर्मको प्रयोग बढाउनका लागि ग्राहकलाई आकर्षित पार्ने विभिन्न योजना ल्याएका छन्। यस्तो योजना मार्फत उनीहरु ग्राहकलाई अधिकभन्दा अधिक आफ्नो प्लेटफर्म प्रयोग गर्न उत्पेरित गरिरहेका छन्।

यस्ता छन् वालेटमा अफरः

खल्ती फुल अफर

नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्ती फुल अफर’ ल्याएको छ।

यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

प्रयोगकर्ताले तोकिएका स्टोरहरूमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्। यो अफर भाद्र ३० देखि कार्तिक १४, २०७९ सम्म लागु हुनेछ।

नमस्ते पेको ४९ दिनको अफर

नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाई समेट्नेगरी फेसटिव क्याम्पियन कयामपेन ल्याएको छ। यस अभियान ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन सेवाहरु विभिन अफर पाउनेछन्।

यस अभियानमा बम्पर अफरको रुपमा ७ भाग्यशाली विजेताहरुले १०० प्रतिशत पैसा फिर्ता प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरुले जति धेरै ट्रान्जेक्सन गर्नेछन्। त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यास ब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमाकुनै पनि सेवाहरु (वालेट टु वालेट ट्रान्सफ र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरु बम्पर योजना सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत युटिलीटि बिलहरु भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर छ। हवाई टिकट खरिद गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले १ हजार रुपैयाँ क्यास ब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निःशुल्क पाउनेछन् । दशैं दक्षिणाको रुपमा, आफ्नो परिवार र आफन्तहरुलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरुले १०० प्रतिशत क्यास ब्याक पाउनेछन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यास ब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन्। प्रयोगकर्ताहरुलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरु, बिलहरु भुक्तानी ,हवाई टिकटहरु लगायत सहितविभिन सेवाहरुमा विभिन फ्ल्यास अफर प्रदान गर्नेछ।

इसेवाको मेरो डिजिटल देश
इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ।

यो अभियान असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म जारि रहने कम्पनीले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीले बताएको छ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जनै पनि मलकमा रहन भएका नेपालीहरुले, नेपालमा इच्छाएका व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्।

साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोहीले पनि सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार