
काठमाडौं ।
छिमेकी देश भारतमा फाइभजी सेवा आजबाट शुरु भएको छ। भारतीय मोबाइल कांग्रेस (आईएमसी) २०२२ को शुभारम्भसंगै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा ५जी पनि लन्च गरे।
भारतमा फाइभजीको सुरुवातको लागि देशवासीले लामो समयदेखि पर्खिरहेका थिए। अब भारत ५जी नेटवर्क प्रविधि प्रयोग गर्ने देशहरूको सूचीमा सामेल भएको छ। यससँगै देशमा अत्याधुनिक टेलिकम सेवा सुरु हुने भारतीय मिडियाहरुले जनाएका छन्।
भारतका १३ सहरमा ५जी सेवा सुरु भएको छ। अर्थात् अहिले देशका सबै सहरमा ५जी नेटवर्क उपलब्ध हुने छैन। यो सेवा दिल्ली, मुम्बई, कोलकाता र चेन्नई जस्ता मेट्रो शहरहरूमा सुरु हुनेछ। यस बाहेक अहमदाबाद, बैंगलोर, चंडीगढ़, गान्धीनगर, गुरुग्राम, हैदराबाद, कोलकाता, जामनगर, लखनऊ, पुणे जस्ता शहरहरू पनि यी १३ सहरहरूको सूचीमा परेका छन् जसमा ग्राहकहरूले पहिले फाइभजी सेवा प्रयोग गर्न सक्नेछन्। त्यसपछि छिट्टै देशका अन्य भागमा यो नयाँ नेटवर्क सेवा सुरु हुनेछ।
अहिले केवल एयरटेल ग्राहकहरूले मात्र फाइभजी सेवा प्रयोग गर्न सक्षम हुने बताइएको छ। जियोका मालिक मुकेश अम्बानीको तर्फबाट जियोले सन् २०२३ सम्म भारतभर ५जी सुरु गर्ने काम गरिरहेको भनिएको थियो। कम्पनीले यही महिनाभित्र ५जी सेवा सुरु गर्नेछ। यहि तिहारसम्म जियोले दिल्ली, मुम्बई, चेन्नई र कोलकातामा आफ्नो ५जी सेवा सुरु गर्ने बताइएको छ।
भोडाफोन आइडियाले भारतका प्रयोगकर्ताहरूलाई ५जी स्मार्टफोनहरू उपलब्ध गराउन वनप्लससँग साझेदारी गरेको भर्खरै घोषणा गर्यो।
स्वीडेनको टेलिकम कम्पनी एरिक्सनले भारतका १० करोडभन्दा बढी प्रयोगकर्ताले सन् २०२३ को अन्त्यसम्ममा यो ५जी सेवा प्रयोग गर्न थाल्ने बताएको छ। प्रतिवेदनका अनुसार देशका १० करोड भन्दा बढी प्रयोगकर्ताहरू आफ्ना ४जी उपकरणहरूलाई ५जीमा अपग्रेड गर्न तयार छन्।
एरिक्सनले यो पनि दावी गरेको छ कि ५जी तयार स्मार्टफोनका साथ १० करोड भन्दा बढी प्रयोगकर्ताहरू २०२३ मा फाइभजी सदस्यतामा अपग्रेड गर्न खोजिरहेका छन् र ती मध्ये आधा भन्दा बढी अर्को १२ महिनामा उच्च-गतिको डाटा योजनामा अपग्रेड गर्न तयार छन्।
प्रकाशित: १५ आश्विन २०७९, शनिबार