सडकमा लत्रिएका तार व्यवस्थापन गर्न निर्देशन

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
सडकमा लत्रिएका तार व्यवस्थापन गर्न निर्देशन
सांकेतिक तस्विर

काठमाडौं ।

विराटनगरका सडक चिल्ला र सफा भए पनि सहरको सौन्दर्यमा केबल र इन्टरनेट सेवाप्रदायक कम्पनीको तारले असर पारेको छ। जथाभावी अव्यवस्थित रूपमा विद्युत् र टेलिकम तथा निजी कम्पनीका पोलमा लत्रिएका तारले सहरको सौन्दर्यलाई नै बिगारेको हो ।

वर्ल्डलिङ्क, म्याक्स, क्लासिक टेक, सुबिसु, भायनेट, कनेक्टलगायतका कम्पनीको तार सहरभरि लत्रिएका छन् । यसरी लत्रिएका तारमध्ये ६० प्रतिशत कामै नलाग्ने भएको स्वयं कम्पनीका प्रतिनिधिले स्वीकार छन् ।

विराटनगर महानगरपालिकाले यस्तो तारको व्यवस्थापन गर्नका लागि प्रतिनिधिलाई बोलाएर बिहीबार छलफल गरेको थियो । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले पोलमा बिग्रिएका तार निकाल्ने नगरिएकाले सहर कुरूप भएको बताएका थिए।

विराटनगरको सौन्दर्यीकरणका लागि महानगरले केबल र नेटका तारलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ । पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित गर्न महानगरका प्रमुख नागेश कोइरालाले निर्देशन दिएका हुन् । महानगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउने योजना अगाडि सार्दै तत्काल व्यवस्थापन नगरे काटिने महानगर प्रमुख कोइरालाले जानकारी दिएका थिए। जतिसक्दो तारको व्यवस्थापन नगरे कारबाहीमा उत्रिने प्रमुख कोइरालाले बताए।

जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको छ । तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहलाई तोकिएको छ । पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गरिनुपर्नेछ । कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुपर्ने निर्देशन दिइएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए। महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो । केवल र नेट व्यवसायीहरूले पनि कर तिर्न बाँकी भए बुझाउन निर्देशन दिइएकोछ। गोरखापत्रबाट

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • १५ आश्विन २०७९, शनिबार
Desktop Popup ImageMobile Popup Image×