तिलोत्तमा नगरपालिका भित्रका समस्या समाधान गर्न ‘हेल्लो तिलोत्तमा’

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
तिलोत्तमा नगरपालिका भित्रका समस्या समाधान गर्न ‘हेल्लो तिलोत्तमा’

काठमाडौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीका गुनासो र समस्या सुन्न र समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ। हेल्लो तिलोत्तमाको नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले शुक्रबार उदघाटन गरे।

नगर क्षेत्रभित्रका सबै नगरवासीले आफ्ना मनमा लागेका गुनासोहरु टोलफ्रिनं. १६६०७१५६६६ र ०७१५५६०५९९ मा फोन गरेर अथवा नगरपालिकाको वेवसाइटमा गइ कमेन्ट बक्समा गुनासा राख्न सकिने ब्यवस्था मिलाएको जनाएको छ।

नगरवासीका गुनासोहरु नगरपालिकाका सम्पत्ति भएकाले गुनासो सुन्न र ती गुनासालाई समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ को सुरुवात गरेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए।

नगर प्रमुख खाणले भने, ‘जनताको गुनासो सुन्ने र आत्मसाथ गर्ने बानी गर्नुपर्छ, यी सबै हाम्रा लागि सम्पत्ति हो, जनताका गुनासाले विकास निर्माण र समाज रुपान्तरणका लागि अघि बढ्न प्रेरणा दिन्छ।’ गुनासो सुन्ने मात्रै नभइ समाधान गर्नेगरी काम हुने उनले विश्वास दिलाए।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरवासीले आफ्ना गुनासा भएमा कार्यालय नआइ  घरबाट गुनासा राख्न सक्ने बताए। हेल्लो तिलोत्तमा २४ घण्टा नै सञ्चालनमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

हेल्लो तिलोत्तमामा आज मात्रै पहिलो गुनासो दुधमा बढी पानी मिसाएर बिक्री भैरहेको गुनासो आएपछि नगरले त्यसलाई समाधान गर्न आग्रह गरिसकेको खाणले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...