हिरोले जिरोसँग मिलेर इलेक्ट्रिक स्कुटर बनाउने

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
हिरोले जिरोसँग मिलेर इलेक्ट्रिक स्कुटर बनाउने

काठमाडौं ।

हिरो मोटोकर्पले अमेरिकाको जिरो मोटरसाइकलसँग सम्झौता गरेको छ। ड्राइभस्पार्कका अनुसार इलेक्ट्रिक मोटरसाइकल निर्माणका लागि दुई कम्पनीबीच सम्झौता भएको हो।

हिरो मोटोकर्प मोटरसाइकल तथा स्कुटरको संसारको ठूलो निर्माता हो भने जिरो मोटरसाइकल क्यालिफोर्निया स्थित प्रिमियम मोटरसाइकल तथा इन्जिन निर्माता हो। यसको स्थापना सन् २००६ मा भएको थियो।

स्कुटर सार्वजनिक गर्ने तयारी

हिरोको बोर्डले जिरो मोटरसाइकलमा ६० मिलियन अमेरिकी डलरसम्मको सेयर लगानी गर्ने अनुमति दिएको छ। पछिल्लो समय हिरो मोटोकर्प इलेक्ट्रिक टु ह्वीलर्समा आक्रमक रुपमा अघि बढि रहेको छ। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल ब्रान्ड भिडा अक्टोबर ७ मा भारतामा सार्वजनिक गर्दैछ।

हिरोको इलेक्ट्रिक स्कुटर मोड्यूलर चार्जिङका साथ आउने अपेक्षा गरिएको छ। यसमा पोर्टेबल ब्याट्री जसलाई बाहिर निकालेर चार्ज गर्न सकिन्छ। कम्पनीको हालसम्म आफ्नो आगामी ईस्कुटरको फिचरका सम्बन्धमा आधिकारिक जानकारी बाहिर ल्याएको छैन। भारतीय बजारमा भिडाको प्रतिस्पर्धा एथर ४५० एक्स, ओल एसवान प्रो, बजाज चेतक र टीभीएस आईक्यूबसँग हुनेछ।

कम्पनीले आफ्नो स्कुटर जुलाई २०२२ मा सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, सप्लाई चेनको समस्या र सेमीकन्डक्टरको अभावको कारण कम्पनी आफ्नो योजनाबाट पछि हट्न बाध्य भएको थियो। भिडाको घोषण यस वर्षको मार्चमा कम्पनीको १० औं वार्षिक उत्सवमा गरिएको थियो। स्कुटरको निर्माण आन्ध्र प्रदेश स्थित चित्तूर प्लानमा गरिने अपेक्षा गरिएको छ।

गोगोरो र एथरसँग पनि सम्झौता

यसअघि हिरो मोटोकर्पले गोगोरोसँग पनि सम्झौता गरिसकेको छ। यस साझेदारीको मद्दतबाट कम्पनीले भारतमा ब्याट्री स्वापिङ नेटवर्क विस्तार गर्नेछ। हिरो मोटोकर्पले आफ्नो ब्रान्ड अन्तर्गत गोगोरो प्रविधिमा आारित इलेक्ट्रिक टु ह्वीलर्स पनि बजारमा ल्याउनेछ।

यसका साथै हिरो मोटोकर्पले यस वर्षको शुरुवातमा एथर एनर्जीमा ४२० करोड भारु लगानी गर्ने घोषणा गरेको छ। उक्त सम्झौताबाट कम्पनीले चार्जिङ पूर्वाधार, प्रविधिलगायत तयार गर्नेछ।

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार