भेटिन थाले हराएका मोबाइल

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
भेटिन थाले हराएका मोबाइल
सांकेतिक तस्बिर

काठमाडौं ।

महोत्तरी जिल्ल स्थित इलाका प्रहरी कार्यालय गौशालाले हराएका मोबाइल खोजी गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न थालेको छ। हराएका मोबाइल पाउने आश मारेका मोबाइलधनीले मोबाइल फिर्ता पाउँदा खुसी भएका छन्।

महोत्तरीको गौशाला क्षेत्रबाट विभिन्न मितिमा हराएका त्यस्ता १६ थान मोबाइल प्रहरीले खोजी गरी बुधबार सम्बन्धित मोबाइलधनीलाई बुझाएको हो । मोबाइलधनीले दिएको निवेदन र विवरणको आधारमा प्रविधि प्रयोग गरी प्रहरीले खोजतलास गरेको थियो ।

इप्रका गौशालाका प्रहरी निरीक्षक (प्रनि) रञ्जन मिश्रका अनुसार हराएका मोबाइलका ‘आईएमई’ कोडका आधारमा सुरुमा मोबाइलको लोकेसन ‘ट्र्याक’ गरिएको थियो । त्यसैका आधारमा खोजतलास गर्दै जाँदा १६ थान मोबाइल बरामद भएको छ ।

उनका अनुसार केही मोबाइल गौशाला नगरपालिका आसपासबाट फेला परेका थिए । बाँकी मोबाइल सेट बारा, पर्सा, सर्लाही र जनकपुरबाट नियन्त्रणमा लिइएको हो । बरामद मोबाइल करिब छ लाख रुपियाँ बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सेटसम्बद्ध मोबाइलवाहकलाई गौशालास्थित इप्रका कार्यालयमै बोलाएर जिम्मा लगाइएको हो।

“मैले त माया मारिसकेको थिएँ, हराएको चिज भेटिएला भन्ने आस नै थिएन,” छ महिनाअघि हराएको मोबाइल प्रहरीबाट बुझ्दै गौशाला–१२ का महावीर सिंहले भने। उनले सस्तो र राम्रोको लोभमा परेर अपरिचितको हातबाट आफूखुसी मोबाइल सेट खरिद नगर्न आग्रह गरे।

“सचेत नभए पैसा र मोबाइल दुवै जान सक्छ,” प्रनि मिश्रले भने, “माथिबाट कारबाही, कलङ्क र बदनामी पनि खेप्नुपर्ने हुन्छ। गोरखापत्रबाट

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal Budget 2083/84: IT leaders urge clear PPP modality and infrastructure support to realize ‘Sovereign AI’

  • Technology Khabar
  • १४ आश्विन २०७९, शुक्रबार