
काठमाडौं ।
अमेजनले आफ्नो नयाँ फायर टिभी क्यूब (तेस्रो जेनेरेसन) सार्वजनिक गरेको छ। अमेजनले टिभी क्यूबका साथ नयाँ एलेक्सा भ्वाइस रिमोट प्रो पनि सार्वजनिक गरेको छ।
फायर टिभी क्यूब एलेक्साको माध्यमबाट कन्ट्रोल गर्न सकिने टेकक्रन्चले उल्लेख गरेको छ। एलेक्सा भ्वाइस रिमोट प्रोलाई एलेक्सा रिमोटको अपग्रेडेसनको रुपमा बजारमा ल्याएको हो। रिमोट दुई कस्टमाइजेबल बटनका साथ उपलब्ध छ।
फायर टिभी क्यूबको मूल्य १३९.९९ अमेरिकी डलर तोकिएको छ। कम्पनीले हालसम्म टिभीको उपलब्धताको बारेमा जानकारी र्दिको छ।
एलेक्सा भ्वाइस रिमोट प्रोको मूल्य ३४.९९ अमेरिकी डलर तोकिएको छ। रिमोट प्रो भने प्रि बुकिङका लागि उपलब्ध छ। यसको बिक्री नभेम्बर १६ देखि शुरु हुनेछ।
अमेजन फायर टिभी क्यूबको फिचर
यो अमेजन फायर टिभी क्यूब सकेन्ड जेनेरेसनको अपडेट भर्सन हो। यसलाई एलेक्साको मद्दतबाट कन्ट्रोल गर्न सकिन्छ। नयाँ अमेजन फायर टिभी क्यूबले फोरके अल्ट्रा एचडी, डोब्ली भिजन, एचडीआर र डोल्बी एटमोसलगायत फिचर सपोर्ट गर्छ। यसमा एचडीएमआई इनपुट पोर्टका साथ वाईफाई ६ई सपोर्ट र सुपर रिजोल्यूसन अपस्केलिङ छ।
एलेक्सा भ्वाइस रिमोट प्रो फिचर्स
एलेक्सा भ्वाइस रिमोट प्रोमा दुई कस्टमाइजेबल बटनका साथ उपलब्ध छ। एलेक्सा भ्वाइस रिमोट प्रोमा बिल्ट इन भ्वाइस फाइन्डर अप्सनबाट सपोर्ट मिल्छ। रिमोट हटाएको खण्डमा एलेक्सा भनेर खोज्न सकिन्छ। यसमा फायर टिभी, स्ट्रीमिङ डिभाइस र स्मार्ट टिभीमा सजिलै कनेक्ट गर्न सकिन्छ। रिमोटमा उपलब्ध दुई कस्टमाइजेबल बटनलाई कुनै पनि स्मार्ट डिभाइस कन्ट्रोल गर्नका लागि वान टच शर्टकट बनाउन सकिन्छ।
प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार