काठमाडौं ।
टाटा मोटर्सले बुधबार भारतमा टियागो ईभी सार्वजनिक गरेको छ। टियागो ईभी भारतकै सबैभन्दा किफायती इलेक्ट्रिक कार हो।
ड्राइभस्पार्कका अनुसार टियागो ईभीको (एक्स शोरुम) मूल्य ८ लाख ४९ हजार भारु तोकिएको छ। टियागो ईभी दुई ब्याट्री प्याक अप्सन र ७ भेरियन्टमा उपलब्ध छ। जसको मूल्य ८ लाख ४९ हजार भारुबाट शुरु भएको ११ लाख ७९ हजार भारु (एक्स शोरुम)सम्म तोकिएको छ।
हाल घोषणा गरिएको मूल्य केवल १० हजार यूनिट बुकिङका लागि शुरुवाती रुपमा लागू हुनेछ। कम्पनीले १० अक्टूबरदेखि बुकिङ खोल्नेछ। कम्पनीले १० हजार यूनिट मध्ये २ हजार यूनिट बुकिङ हालका टाटा इलेक्ट्रिक कार ग्राहका लागि आरक्षित गरेको छ।
टाटा टियागो ईभी दुई ब्याट्री विकल्प १९.२ किलोवाट आवर र २४ किलोवाट आवरका साथ सार्वजनिक गरिएको छ। टियागो ईभीको बेस भेरियन्टमा कम्पनीले १९.२ किलोवाट आवरको ब्याट्री र टप भेरियन्टमा २४ किलोवाट आवरको ब्याट्री दिएको छ। कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर दुई अलग ब्याट्री प्याकमा टियागो ईभी बजारमा ल्याएको हो।
२४ किलोवाट आवर ब्याट्रीले ३१५ किलोमिटर र १९.२ किलोवाट आवर ब्याट्रीले २५० किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम छ।
टियागो ईभीमा कम्पनीले आफ्नो नयाँ जिपट्रोन प्रविधि प्रयोग गरेको छ। यसमा कम्पनीले टिगोर ईभी र नेक्सन ईभीमा जस्तै परमानेन्ट म्यागनेट सिन्क्रोनस इलेक्ट्रिक मोटरको प्रयोग गरेको छ। टियागो ईभीमा रहेको शक्तिशाली मोटरको मद्दतबाट ५.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घण्टाको गति प्राप्त हुन्छ।
टियागो ईभीमा कम्पनीले नर्मल चार्जिङका साथ फास्ट चार्जिङको पनि विकल्प दिएको छ। यसलाई डीसी फास्ट चार्जरको मद्दतबाट केवल ५७ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। कारमा ३.३ किलोवाट आवर एसी चार्जर स्ट्यान्डर्ड रुपमा उपलब्ध छ। साथै ७.२ किलोवाट आवर एसी होम फास्ट चार्जर विकल्पको रुपमा उपलब्ध छ। कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष÷१ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि उपलब्ध गराएको छ।
टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडल जस्तै छ। इलेक्ट्रिक मोडलको विशेष पहिचानका लागि फ्रन्ट ग्रिलमा ‘ईभी’को ब्याज र कारको बाहिर चारैतर्फ ब्लू एक्सेन्ट दिइएको छ। साथै टियागो ईभीको ह्वील क्यापको डिजाइन पनि अलग छ। कार ५ कलर टिल ब्लू, डेटोना ग्रे, प्रिस्टिन ह्वाइट, मिडनाइट प्लस र ट्रोपिकल मिस्टमा उपलब्ध छ।
इन्टिरियर फिचर्स
टियागो ईभीको इन्टिरियर पनि पेट्रोल मोडलकै समान छ। टाले टिगोर ईभीकै जस्तै टियागो ईभीमा ब्लू एक्सेन्ट, लेदरेट स्टेरिङ ह्वील र सिमा ब्लू स्टीचिङको प्रयोग गरेको छ। गियर लिभरलाई रोटरी डायलमा परिवर्तन गरिएको छ र यसमा स्पोट्र्स मोडको सुविधा पनि छ। टियागो ईभीमा स्पेयर ह्वील छैन। तर यसमा एउटा पन्चररिपेयर किट छ। ब्याट्री प्याकलाई बूटमा राखिएका कारण स्पेयर ह्वील हटाइएको हो।
टियागो ईभीमा ४५ कनेक्टेड कार फिचरका साथै जेटकनेक्ट एप, हिल स्टार्ट र डिसेन्ट असिस्ट, टीपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुश बटन स्र्टा÷स्टप र क्रूज कन्ट्रोल लगायत फिचर दिइएको छ। यसमा मल्टी मोड रीजनरेशन पनि प्राप्त गर्न सकिन्छ। यो नेक्सन ईभी म्याक्समा उपलब्ध छ।
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार