एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका योजना

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
एनएमबिको बडा दशैंमा बडा डिजिटल धमाका योजना

काठमाडौं ।

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ। यस उत्सवलाई लक्षित गरी बैंकले २ हजारसम्म छुट सुविधाहरू प्रदान गरेको छ।

एनएमबि बैंकले असोज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श र पोसमा कारोवार गर्दा १० रुपैयाँ वा ३०० सम्म क्यासब्याक पाउनेछन् । यस्तै, एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्डबाट ई–कमर्शरपोसमा कारोबार गर्दा २० प्रतिशथ वा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी र एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन्। त्यसका साथसाथै, इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाइने जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार